Logo

विश्वकपका ११ उत्कृष्ट युवा खेलाडी

रसियामा भएको विश्वकप फुटबलको २१ औं संस्करण आइतबार सकिएको छ । रसिया विश्वकप, केही नयाँ किर्तिमान, आश्चर्यजनक नतिजा, केही युवा खेलाडीको उदय र लेजेन्डहरूको सन्यासकाबीच सकिएको छ । फिफाले रसिया विश्वकपलाई हालसम्मकै उत्कृष्ट भनेको छ । यहाँ ‘द गार्जियन’को सहयोगमा विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूची र लाइनअप प्रस्तुत गरिएको छ ।
गोलकिपरः फ्रान्सिस उजोहो, नाइजेरिया
यो विश्वकपममा २३ बर्षभन्दा कम उमेरका दुई गोलकिपर थिए, नाइजेरियाका फ्रान्सिस उजोहो र ट्युनिसियाका माउज हासेन । तर, दुई मध्ये उजाहो उत्कृष्ट देखिन्छन्, भलै नाइजेरिया र ट्युनिसिया दुवैले समुह चरण पार गर्न सकेनन् । उजाहोले समुह चरणका खेलमा केही प्राहारलाई उत्कृष्ट बचाउ गरेका थिए । अब उनले डिपार्टीभो करुनामा पहिलो रोजाइमा खेल्न सक्नेछन् । गत सिजन उनले अधिकांश समय बेन्च मै बिताएका थिए ।
डिफेन्डरः यारी मीना, कोलम्बिया
विश्वकपका तीन खेलमा मिनाले ती गोल गर्दै रेकर्ड बनाए । रसिया विश्वकपमा चर्चित स्टारहरूले समेत तीन गोल गर्न सकेनन् । तर डिफेन्डरकारूपमा मीनाले तीन गोल गरेका थिए । उनले डिफेन्स लाइनमा समेत उत्कृष्ट खेलेका थिए । अन्तिम १६ मा इंग्ल्याण्ड विरुद्ध इन्जुरी समयमा मीनाले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर मीनाको टोली कोलम्बिया टाइब्रेकरमा इंग्ल्याण्डसँग हार्यो ।
डिफेन्डरः जोसे मारिया गिमेनेज, उरुग्वे
क्लब र देशमा डिएगो गोडिनसँग उनले उत्कृष्ट खेल्ने गरेका छन् । रसिया विश्वकपमा समेत उनको प्रर्दशन उत्कृष्ट थियो । उनले आफुलाई संसारको उत्कृष्ट युवा डिफेन्डरकोरूपमा प्रमाणित गरेका छन् । फ्रान्ससँग क्वाटरफाइनलमा पराजय भोगेपनि उनका लागि यो विश्वकप यादगर हुनेछ । जनवरीमा २४ औं जन्मदिन मनाउने तयारीमा रहेका उनले ५० क्याप्स खेलिसक्नेछन् ।
डिफेन्डरः मेनुअल अकान्जी, स्वीट्जरल्याण्ड
स्वीट्जरल्याण्डका मेनुअल अकान्जीले रसिया विश्वकपमा उत्कृष्ट प्रर्दशन गरे । समुह चरणको पहिलो खेलमा ब्राजिललाई १–१ को बराबरीमा रोक्दा उनको प्रर्दशन हेर्न लायक थियो । रसिया विश्वकप पछि उनी बसेलबाट १८ मिलियन यूरोमा बोरुसिया डर्टमन्डमा अनुबन्धित भएका छन् ।
डिफेन्डरः बेन्जामिन पावर्ड, फ्रान्स
विश्वकपभन्दा अघि उनी खासै चर्चामा थिएनन् । तर अन्तिम १६ मा अर्जेन्टिना विरुद्ध सनसनीपूर्ण प्रर्दशन गरे । उनले डिबक्स बाहिरबाट गरेको गोल चर्चामा रह्यो । २२ बर्षिय उनले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि म्यानचेस्टर सिटी, बार्यन म्यूनिख र रियल मड्रिडले अनुबन्धको प्रयास गरेका थालेको बताइएको छ । उनलाई ३० मिलियन पाउण्डसम्ममा अनुबन्ध गर्ने तयारी भएको बताइन्छ ।
मिडफिल्डरः लुकास टोरेरा, उरुग्वे
उनले अन्तिम १६ मा पोर्चुगल विरुद्ध उत्कृष्ट खेलेका थिए । पोर्चुगल विरुद्ध उरुग्वे विजयी समेत भएको थियो । उनी एक अलराउन्डर मिडफिल्डर हुन् । २२ बर्षिय उनी तीन बर्ष अघि यूरोप आएका थिए । विश्वकप पछि उनी इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भइसकेका छन् ।
मिडफिल्डरः रोड्रिगो बेन्टाकर, उरुग्वे
२०१५ मा उनी बोका जुनियर क्लबबाट यूभेन्टसमा अनुबन्धित भएका हुन् । मिडफिल्डरकारूपमा रसिया विश्वकपमा उनको प्रर्दशन सम्झन लायक रह्यो । उनले सबै खेलमा उत्कृष्ट खेले । सिरिए विजेता युभेन्टसबाट गत सिजन उनले २० खेल खेलेका थिए ।
मिडफिल्डरः लुकास हर्नान्डेज, फ्रान्स
एथ्लेटिको मड्रिडका खेलाडीले रसिया विश्वकपमा आफुलाई प्रमाणित गरिसकेका छन् । डेडिएर डिस्च्याम्पको अन्डरमा उनले आफु भरपर्दो खेलाडी भएको पुष्टी गरेका हुन् । उनको गती र खेल्ने शैली रुचाइएको छ । उनी बार्सिलोना सेमुअल उम्टीटी र रियल मड्रिडका राफेल भरानको तालमेलमा उत्कृष्ट खेलिरहेका छन् । उनले विश्वकप अघि एथ्लेटिकोसँग नयाँ दिर्घकालीन सम्झौता गरेका छन् ।
फर्वाडः हिरविङ लोजानो, मेक्सिको
जर्मनी विरुद्धको जितमा उनले उत्कृष्ट खेलेका थिए । उनको गोल नै साविक जितेता जर्मनीको पराजयमा निर्णायक बनेको थियो । मेक्सिकोसँग जर्मनी आश्चार्यजनकरूपमा पराजित भएको थियो, जसका नायक उनै लोजानो थिए । २२ बर्षिय उनले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि म्यानचेस्टर युनाइटेड जस्ता यूरोपका ठूला क्लवले आँखा लगाइरहेका छन् ।
फवार्डः केलियन एमबाप्पे, फ्रान्स
१९ बर्षिय फ्रेन्च स्ट्राइकर एमबाप्पेले रसिया विश्वकपमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । अर्जेन्टिना विरुद्ध दुई गोल गर्दै उनले १९५८ मा पेलेले बनाएको किर्तिमानसँग बराबरी गरेका थिए । सबै खेलमा उनले लोभलाग्दो खेलिरहेका छन् । उनी बलोन डिओरका दावेदार समेत हुन् । स्पेनिस क्लब रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोको विकल्पमा उनलाई अनुबन्ध गर्ने प्रयास गरेको बताइन्छ ।
फर्वाडः रहिम स्टर्लिङ, इंग्ल्याण्ड
समुह चरणमा उनको खेललाई लिएर निकै आलोचना भएको थियो । तर उनले स्वीडेन, क्रोएसिया र कोलम्बिया विरुद्धको खेलमा भने लोभलाग्दो प्रर्दशन गरे । भलै उनले यो विश्वकपमा गोल गर्न सकेनन् । तर उनले ग्यारेथ साउथगेटको टिमको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । म्यानचेस्टर सिटीबाट खेल्दै आएका उनले रियाद महरेजलाई भित्राएपछि पहिलो रोजाइमा खेल्न संघर्ष गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्