हिमालयन एयरलाइन्सको सेवा प्रभावकारी नहुँदा यात्रु मर्कामा

यूएई-नेपालीको लगानीमा सञ्चालन भएको भनिएको हिमालयन एयरलाइन्सको सेवा प्रभावकारी हुन नसक्दा नेपाली यात्रु मर्कामा परेको गुनासो बढ्न थालेको छ । आफ्नै विवाहका लागि हिमालय एयरलाइन्समार्फत नेपाल हिँडेका ज्ञानेन्द्र पहाडी दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा टिकट सारिएको भन्दै फर्काइएपछि यस्तो कुरा बाहिर आएको हो ।
नेपाल जानका लागि जुन २० मा हिमालय एयरलाइन्समार्फत जुलाई ७ तारिकको टिकट लिएका थिए । टिकट मितिअनुसार उनी नेपाल जानका लागि सबै बन्दबस्तका साथ एयर्पोट पुगेपछि टिकट सारिएको भन्दै उनलाई फिर्ता गरिएको थियो । आफूले टिकट काटेअनुसार घर जान नपाएको गुनासो लिएर हामीकहाँ आएर आक्रोश पोख्दै भने म आफ्नै विवाहका लागि घर जान लागेको अहिले एयरलाइन्सबाट धोका भयो ।
उनले आक्रोशमा भने म कसैलाई पनि यो एयरलाइन्स नचड्न भन्छु मलाई टिकट नपाउने जानकारी पाएको भए म अरू नै जहाजको बन्दोबस्त गर्ने थिए कसैबाट जानकारी भएन । एयर्पोट गएपछि हिमालय एयरलाइन्सका कर्मचारीले टिकट डुब्लिकेट भनेपछि रातिनै टिकट लिएको ठाउँमा सम्पर्क गर्दा टिकट डुब्लिकेट नभको र जान नपाउनुको कारण थाहा हुन नसकेपछि आक्रोशसहित फर्किएको उनले बताए ।
आफूलाई यस्तो दुःख दिएको भन्दै आक्रोश पोखी रहँदा हिमाल एयरलाइन्स दुबईकी सेल्स एन्ड मार्केटिङ म्यानेजर गीता बिष्टले भने यात्रुलाई जानकारी गराएर टिकट जुलाई ९ तारिखका लागि सारिएको बताइन् । हामीले यात्रुलाई खबर गरेर उहाँको टिकट सारिएको थियो । जानकारी दिएर टिकट सारिको हुदा केही गर्न नसकिने उनको भनाइ छ ।
१५८ नर्मल सिट र ८ बिजनेस क्लारको सिट क्षमता भएको जहाजले अप्रिल २०१७ बाट अल मक्तुम एयर्पोटबाट उडान सुरु गरेको एयरलाइन्सले सातामा सातै दिन सेवा दिने गरी सेवा सुरु गरेको थियो भने हाल आएर सातामा ४ दिन मात्रै उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । हाल दुबईको ट्रमिनल २ एयर्पोटबाट सोमबार, बुधबार, शुक्रबार र शनिवार ३ः३० मा यूएईबाट उडान भर्ने कार्यतालिका सार्वजनिक गरे पनि धेरै फ्लाइटहरु रद्द हुने गरेको ट्राभल व्यवसायको गुनासो छ ।