Logo

अनलाइन व्यवसायलाई प्रोत्साहन गर्न माग

हाल विश्वर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आक्रान्त जनताको आवश्यकता पूरा गर्न अनलाइन व्यापारलाई प्रोत्साहन गर्नुपर्ने पञ्चकन्या ग्रुपले जनाएको छ । हाल केही युवा उद्यमीले आफ्नो आधुनिक ज्ञान र सीपलाई सदुपयोग गर्दै सानो पुँजीबाट उद्यमशिताको विकास गरिरहेको बेला यसले रोजगार, स्वराजगारसँगै नेपाली श्रमलाई विदेसिनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने पञ्चकन्याको भनाइ छ ।
अहिलको जटिल अवस्थामा एकै स्थानमा धेरै जना जम्मा भएर किनमेल गर्दा जोखिम बढ्ने अवस्थामा विद्युतीय माध्यमबाट खरिद गर्दा जोखिम न्यूनीकरण हुने भन्दै अनलाइन व्यापारमा संलग्न युवालाई प्रोत्साहन गर्न आह्वान गरेको छ । सरकारले अनलाइन व्यापारका लागि चाँडै कानून बनाइ युवा उद्यमीलाई उनीहरुले गरेको उल्लेखनिय कार्यलाई सहयोग र समर्थन गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्