Logo

कम्पनीले भनेको छ, “नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीलाई पनि उत्तिकै सहजता हुनेछ ।’

नयाँ प्रविधि भित्र्याउँदै क्लासिक टेक

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग सुरु गरेको छ ।
नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक भएको र विगत १ वर्षदेखि परीक्षण गरिरहेको कम्पनीले ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको जनाएको छ ।
कम्पनीले अहिलेको अवस्थामा आफ्ना ८० प्रतिशत भन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी ६ मा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराएको दावी गरेको छ ।
इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र द्रूत गतिको बनाउने गरी सबै सेवाग्राहीलाई कम्पनीले आईपीभी सिक्समा लैजाने गरी काम गरिरहेको जनाएको छ ।
अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ । आईपी एड्रेस प्रयोग गरिरहेका प्रयोगकर्तालाई आईपीभी४ इन्टरनेट प्रोटोकल संस्करणमा लैजन सकिने कम्पनीको भनाई छ । जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ ।
यसले २६३२ आईपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आईपी एड्रेस भएका डिभाइसहरु मात्र समर्थन प्रदान गर्दछ । अबका डिभाइसहरु आईपीभी६ मा आधारित हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आईपीभी६ प्रयोग गरीरहेको जनाएको छ ।
“हामीले हाम्रो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागी आईपीभी६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन्, ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा हामी सबैभन्दा धेरै आईपीभी६ प्रयोग गर्ने कम्पनीमा अगाडी हौं” कम्पनीले भनेको छ, “नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीलाई पनि उत्तिकै सहजता हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्