तर, पार्टीमा राजनीतिक रूपमा गर्नुपर्ने निर्णय ठीक ढंगले गर्न सकिए समाजवादी पार्टी छिट्टै गतिशील हुने विश्वास आम पार्टी पंक्तिका नेता तथा कार्यकर्तामा रहेको छ ।
मुख्य मन्त्रीमा राउतको निरन्तरता प्रायः निश्चित

जनता समाजवादी पार्टीको प्रदेश नम्बर २ को संसदीय दलमा मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने र संघीय संसदमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा पार्टी करिब पुगिसकेको पार्टी शीर्षस्थ नेता निकटका एक नेताले बताएका छन् ।
प्रदेश नम्बर २ को सरकार चलाउँदा फलानोले गल्ती ग-यो भनेर विवाद झिक्ने बेला अहिले नभएकाले पार्टीभित्र शक्ति सन्तुलन मिलाएर अघि बढ्नुपर्ने विषयमा शीर्ष नेतृत्वबीच एक मत देखिएको छ ।
तत्कालीन संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवकै जोडबलले लालबाबु राउत मुख्यमन्त्री बनेका थिए । अहिले पनि उनकै जोडबलले राउत मुख्यमन्त्रीमा रहने देखिएको उनको भनाइ छ ।
पार्टी एकीकरण पछि राष्ट्रिय जनता पार्टीका नेताहरू माझ किचलो उत्पन्न भएको विषयबाट सजग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो समूहमा तत्काल असन्तुष्टि नबढोस् भन्ने चाहेका छन् ।
राजपाका तत्कालीन अध्यक्ष मण्डलका सदस्यहरूबीचको असन्तुष्टिलाई समाधान गर्न त्यहाँ सरकार फेर्नुपर्ने दबाब बढेको छ । तत्कालीन राजपाका नेताहरूले सरकार फेर्नुपर्ने माग सहितको प्रस्ताव जसपाका शीर्ष नेतृत्वसम्म पुगे । पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहेका मुख्यमन्त्री राउतसहित प्रदेशका अन्य मन्त्रीहरूको सो बैठकमा सहभागिता थियो । त्यतिबेला सरकारप्रतिको असन्तुष्टि बैठकमा उठेको थियो ।
प्रदेश सरकारको प्रदर्शन राम्रो नभएकामा पार्टीका शीर्ष नेतृत्व विश्वस्त छन् तर पार्टी नेतृत्व आफंैले आफ्ना नेतालाई अक्षम बनाएर सरकारबाट हटाउँदा गलत सन्देश जाने भनेर एकथरीले पार्टीमा सरकारलाई यथावत राख्न लबिङ गरिरहेको ती नेताले बताए । ती लबिङ गर्ने समूहको भनाइसँग शीर्ष नेतृत्व विश्वस्त देखिएको उनको भनाइ छ ।
पार्टीभित्र अन्य राजनीतिक परिस्थिति निर्माण नभए अहिलेसम्म तय भएअनुसार लालबाबु मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिएको छ ।
लबिङ गर्ने समूहले देशमा सबैभन्दा बदनाम प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीलाई पदबाट हटाउन नहुने निर्णय सो पार्टीका नेताहरूले गर्न सक्छन् भने जनता समाजवादीले किन गर्न नसक्ने तिनको दाबी छ ।
अध्यक्ष ठाकुरका लागि पार्टीको असन्तुष्टिको सम्बोधन गर्नुपर्ने जिम्मेवारी एकतर्फ छभने पार्टीको संरचनागत समितिहरूको आकार पूरा गर्ने जिम्मेवारी पनि छ ।
निर्धारित ६ दिने कार्यक्रम सहितको बैठक ४ दिन नपुग्दै समाप्त गर्नुको पछाडि विवाद चर्किन नदिनु नै मुख्य कारण रहेको ती नेताको भनाइ छ ।
संघीय परिषद् गठन हुने बित्तिकै त्यसको अध्यक्ष डा. बाबुराम भट्टराई हुने प्रायः निश्चित छ । यो हुने बित्तिकै उनको वरियता पहिलो हुनेछ ।
पार्टीभित्र भट्टराईको यो वरियता तत्काल प्राप्त नहोस् भन्नेहरू पनि रहेकाले यस्तो निर्णय हुन नसकेको हो ।
समितिका नेता मनिष सुमनले पार्टीमा कुनै विवाद नभएको बताउँछन् ।
राजनीतिक पार्टीमा सामान्य असन्तुष्टि हुनु स्वाभाविक छ तर नेतालाई पद पुगेन भन्ने विवाद पार्टीमा नभएको सुमनले जनाए । जसरी पार्टीका संरचनाहरू निर्माण हुँदै जान्छन् पार्टीका नेताहरूलाई पद पुग्दै जाने उनले जनाए ।
तर, पार्टीमा राजनीतिक रूपमा गर्नुपर्ने निर्णय ठीक ढंगले गर्न सकिए समाजवादी पार्टी छिट्टै गतिशील हुने विश्वास आम पार्टी पंक्तिका नेता तथा कार्यकर्तामा रहेको छ ।