Logo

विश्वकपका ११ रोचक तथ्य

क्वाटरफाइनल पुगेका टोली र खेल
फ्रान्स भर्सेस उरुग्वेः शुक्रबार साँझ ७ः४५
ब्राजिल भर्सेस बेल्जियमः शुक्रबार राति ११ः४५
रसिया भर्सेस क्रोएसियाः शनिबार राति ११ः४५

१. रसियाले पहिलो पटक विश्वकप आयोजना गरेको हो ।
२. ब्राजिल लगातार २१ औं पटक विश्वकप खेल्ने एकमात्रै टोली हो । विश्व फुटबलको महारथी ब्राजिलले ५ पटक विश्वकप उपाधी उचालिसकेको छ । इटाली र जर्मनी ब्राजिलपछि धेरै उपाधी उचाल्ने मुलुकमा पर्छन्, जसले समान चार पटक उपाधि उचालेका छन् ।
३. विश्वकपमा सबैभन्दा धेरै उमेरमा गोल गर्ने खेलाडी क्यामरुनका रोजर मिला हुन् । उनले ४२ वर्षको उमेरमा १९९४ को विश्वकपमा रसिया विरुद्धको खेलमा गोल गरेका थिए ।
४. पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा आयोजना भएको थियो । पहिलो विश्वकपको आयोजक र उपाधि विजेता उरुग्वे नै बनेको थियो।
५. सन् १९६६ मा विश्वकप ट्रफी नै हराएको थियो, त्यो पनि सात दिनसम्म । उक्त ट्रफी विश्वकप सुरु भएलगत्तै हराएको थियो ।
६. विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल अन्तरको हारजित र एकै खेलमा धेरै गोल १९५४ मा भएको थियो । स्वीट्जरल्यान्डविरुद्ध अष्ट्रियाले ७–५ गोल गरेको थियो ।
७. २०१० को विश्वकप आयोजक दक्षिण अफ्रिका बाहेक सबै आयोजकहरु दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै आयोजक मध्ये ३० प्रतिशत (६-२०)ले उपाधी चुमेका छन् । पछिल्लो पटक यसरी उपाधी चुम्ने मुलुक फ्रान्स हो १९९८ मा ।
८. अहिलेसम्म विश्वक फुटबल उपाधी युरोपेली मुलकले (११) र दक्षिण अमेरिकी मुलुकले (९) पटक चुमेका छन् ।
९. विश्वकप इतिहासमा आफ्ना सबै खेल जित्ने ४ वटा मुलुकहरु मात्र रहेका छन् । ती हुन्– उरुग्वे (४-४ मा १९३०), इटाली (४-४ मा १९३८) र ब्राजिल (६-६ पटक १९७० र ७-७ २००२ मा) ।
१०. हालका खेलाडीमध्ये जर्मनीका थोमस मुलर त्यस्ता खेलाडी हुन्, जसले पछिल्लो दुई विश्वकप खेलमा १० गोल गरेका छन् । मुलर विश्वकपमा सबैभन्दा धेरै गोल गर्नेको सूचीमा छैटौं स्थानमा छन् भने सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोज (१६) हुन् ।
११. विश्वकपमा छनोट हुनेमध्य सबैभन्दा कम जनसंख्या भएको देश आइसल्यान्ड हो, जहाँ ३ लाख ३४ हजार जनसंख्या छ ।

ब्राजिल उत्कृष्ट टिम हो : बेल्जियम प्रशिक्षक मर्टिनेज
बेल्जियमका प्रशिक्षक रोबर्टो मर्टिनेजले ब्राजिल विश्वको उत्कृष्ट टिम भएको बताएका छन् । रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा ब्राजिल प्रतिद्वन्दी पाएपछि मर्टिनेजले ब्राजिल प्रतियोगिताकै सर्वश्रेष्ठ टोली भएको बताएका हुन् ।
सोमबार जापानविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्दै मर्टिनेजको टोलीले क्वाटरफाइनलमा स्थान बनाएको थियो । यता ब्राजिलले भने मेक्सिकोमाथि २–० को जित निकालेको थियो । ४४ वर्षिय मार्टिनजेले ब्राजिल विरुद्धको खेलमा रणनीति परिवर्तन गर्ने संकेत समेत गरेका छन् । उनले ब्राजिलका उत्कृष्ट खेलाडीलाई कसरी रोक्ने भन्ने बारेमा चनाखो हुने संकेत गरेका छन् ।
उनले बीबीसीसँग भनेका छन्, ‘ब्राजिलसँग खेल्नु अघि यो भुल्न हुँदैन की ब्राजिल सर्वश्रेष्ठ टोली हो । त्यसैले हामीले कसरी खेल्नुपर्छ भन्ने बारेमा सोच्नुपर्नेछ । नेयमार, काउटिन्हो जस्ता खेलाडीले एक मिनेटमा खेल परिवर्तन गर्ने क्षमता राख्छन् ।’
जर्मनीले प्रशिक्षक परिर्वन नगर्ने
२०१४ को विश्वविजेता जर्मनीले प्रशिक्षक परिवर्तन नगर्ने भएको छ । रसियामा जारी विश्वकपमा साविक विजेता जर्मनी समूह चरणबाट बाहिरिएको थियो । रसिया विश्वकपमा कमजोर प्रदर्शन गरेको जर्मनीले प्रशिक्षक परिवर्तन गर्न सक्ने आशंकाकाबीच जर्मन फुटबल संघलाई जोचिम लो लाई नै २०२२ सम्म निरन्तरता दिइने जनाएको छ ।
जर्मनी १९३८ पछि पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । २००६ मा जर्मनीको प्रशिक्षकमा नियुक्त भएका लो ले २०१४ मा उपाधि जिताएका थिए भने उनकै नेतृत्वमा २०१० को विश्वकपमा तेस्रो भएको थियो ।
५८ वर्षिय लोले भनेका छन्, ‘विश्वकपबाट बाहिरिएपछि धेरै आलोचना भएको छ । त्यसलाई मैले हौसला र प्रोत्साहनको रुपमा लिएको छु । तर म टोली पुनर्निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ सेप्टेम्बरमा नयाँ अन्तर्राष्ट्रिय सिजन सुरु हुँदासम्म सबैकुरा ठिक हुने उनको भनाइ छ । उनले आफ्नो नेतृत्वमा २००८ मा उपविजेता, २०१२ र २०१६ मा सेमिफाइनलसम्म पुर्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्