‘पावर -याङ्क’मा ब्राजिल पहिलो «

‘पावर -याङ्क’मा ब्राजिल पहिलो

रसियामा जारी फिफा विश्वकपको दोस्रो चरण अर्थात् अन्तिम १६ का खेल सुरु भएका छन् । समूह चरणमा केही आश्चर्यजनक नतिजा निस्किएका छन् । साविक विजेता जर्मनी समूह चरणबाटै घर फर्किएको छ । ठूला भनिएका टोलीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । केही नयाँ टोलीले सनसनीपूर्ण प्रदर्शन गरेर संसारलाई अचम्मित बनाएका छन् । कुल ३२ टोली मध्ये १६ टोली समूह चरणबाट घर फर्किएका छन् । बाँकी रहेका १६ टोली मध्ये ८ टोलीको विश्वकप यात्रा प्रिक्वाटर फाइनलबाट समाप्त हुँदैछ । यही बीचमा बेलायतको अखबर ‘द गार्जियन’को अनलाइन संस्करणले विश्वकपमा सहभागि टोलीले समूह चरणमा गरेको प्रदर्शनका आधारमा ‘पावर -याङ्क’ सार्वजनिक गरेको छ । जसको पहिलो नम्बरमा ब्राजिल रहँदा ३२ नम्बरमा पनामा रहेको छ ।

१. ब्राजिल 

ब्राजिल रसिया विश्वकपमा सबैभन्दा सन्तुलित टोलीको रुपमा देखिएको छ । उसको अट्याक, मिडफिल्ड र डिफेन्स अन्य टोलीको भन्दा सन्तुलित रहेको छ । यो नै ब्राजिलको बलियो पक्ष हो । यस्तै ब्राजिलका सुपरस्टार नेयमारले प्रत्येक खेलमा आफ्नो प्रदर्शन सुधार गरिरहेका छन् । सुरुवाती दुई खेलमा भन्दा सर्वियासँगको खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे । यद्यपी नेयमार भन्दा फिलिपे काउटिन्होले विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका छन् । सर्वियासँग सहज जित निकालेपछि नेयमार र ब्राजिलियन टोलीमा आत्मविश्वास थपिएको छ र ब्राजिलले अघिल्ला चरणमा उत्कृष्ट प्रदर्शन सक्षम रहेको जनाउ दिएको छ । अन्तिम १६ मा मेक्सिकोलाई हराए क्वाटरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग हुनेछ ।

२. क्रोएसिया

क्रोएसिया सबैभन्दा अफ्ठ्यारो समूहको विजेता हो । क्रोएसिया हालसम्म प्रतियोगितामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने टोली हो । अर्जेन्टिनासँगको जित क्रोएसियाका लागि सबैभन्दा उत्कृष्ट नतिजा रह्यो । मिडफिल्डका दुई स्टार लुकाकु मड्रिक र इभान राकिटिकले क्रोएसियालाई दोहोराएका छन् । अन्तिम १६ मा डेनमार्कलाई पराजित गरे क्वाटरफाइनलमा क्रोएसियाको भेट स्पेनसँग हुनसक्छ ।

३. बेल्जियम

रसिया विश्वकपमा विस्फोटक प्रदर्शन गर्ने टोलीका रुपमा देखिएको छ, वेल्जियम । इंग्ल्याण्ड बाहेक तुलनात्मक रुपमा कमजोर टोली मानिएका ट्युनिसिया र पनामा विरुद्ध बेल्जियमले गोल वर्षा नै गर्यो । यद्यपी उसले इंग्ल्याण्ड विरुद्ध पनि १–० को जित दर्ता गर्दै बलियो उपाधि दावेदारी पेश गरेको छ । समूह विजेता बनेको वेल्जियमा रोमेलु लुकाकु र इडेन हजार्डको तालमेल हेर्न लायक छ । अन्तिम १६ मा जापान विरुद्ध जित निकाले अन्तिम ८ मा बेल्जियमले ब्राजिलको सामना गर्ने सम्भावना छ ।

४. उरुग्वे

तुलनात्मक रुपमा कमजोर मानिएको समूह ‘ए’मा रहेको उरुग्वे ९ अंक जोड्दै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्यो । समूह चरणका तीन खेलमा एक गोल पनि नखाने एक्लो टाली पनि उरुग्वे नै हो । उरुग्वेको आक्रमणमा एडिन्सन काभानी र लुइस स्वारेजबीच राम्रो तालेमल देखिएको छ । यद्यपि ओस्कर ताबेरजको टोलीले मिडफिल्डमा भने केही सुधार गर्नुपर्ने देखिन्छ ।

५. कोलम्बिया

जापानसँग पराजय भोगेको कोलम्बियाले पोल्याण्ड र सेनेगल विरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्यो । यसबाट उसले जुनसुकै टोलीलाई पनि हराउन सक्छ भन्ने देखिएको छ । यद्यपि कोलम्बियाको डिफेन्समा केही कमजोरी देखिन्छन् । कोलम्बियालाई स्टार जेम्स रोड्रिग्वेजको चोट पनि घातक बन्न सक्छ ।

६. मेक्सिको

साविक विजेता जर्मनीलाई पहिलो खेलमै हराएर मेक्सिकोले रसिया विश्वकपमा सनसनीपूर्ण सुरुवात गरेको थियो । मेक्सिकोले आफूलाई तिव्र गतिमा शानदार फुटबल खेल्न सक्ने टोलीका रुपमा प्रमाणित गरेको छ । यद्यपी अन्तिम खेलमा स्विडेनसँगको खेलमा भने उसको खेलस्तर खस्किएको देखियो र पराजित बन्न पुग्यो । अन्तिम १६ मा उसले ब्राजिल जस्तो बलियो प्रतिस्पर्धी भेट्टाएको छ, जुन त्यती सहज देखिँदैन ।

७. स्पेन

स्पेनलाई उपाधि दावेदारका रुपमा लिइएको छ । स्पेनको टोलीमा सन्तुलन नमिलेको देखिन्छ । समूह चरणका तीन खेलमा दुई बराबरी खेल्नुले यो पुष्टी गर्छ । विश्वकप सुरुहुनुभन्दा २ दिन अघिमात्रै टोली सम्हालेका फर्नान्डो हिएरोले अबका खेलमा कसरी सन्तुलित बनाउलान् ? यो हुर्न बाँकी छ । खास गरी स्पेनको टोलीमा अट्याक सन्तुलनमा समस्या देखिएको छ । हिएरोले यो समस्या सहजै सुल्झाउने शंका व्यक्त भइरहेका छन् । यद्यपि उनले यो प्रयास भने पक्कै गर्ने देखिन्छ ।

८. फ्रान्स

फ्रान्स स्टार खेलाडीले भरिएको टोली हो । युवा र क्षमतावान खेलाडी भएपनि समूह चरणमा फ्रान्सले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेकै हो । यद्यपी ऊ समूह ‘सी’को विजेता बन्यो । बेलाबेला फ्रान्सका प्रशिक्षक डेडियर डिस्च्याम्पको रणनीतिमाथि समेत प्रश्न उठ्ने गरेको छ । केलियन एम्बाप्पले आफ्नो पहिलो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । यद्यपी फ्रान्स खेलमा सम्हालिन सक्ने टोली भने जरुर हो । फ्रान्सलाई उपाधि दावेदार टोलीका रुपमा समेत लिइएको छ ।

९. स्वीडेन

स्वीडेन अन्तिम १६ मा प्रवेश गर्छ भन्ने धेरैलाई लागेको थिएन । गएपनि समूह विजेता हुन्छ भन्ने कसैलाई विश्वास थिएन । तर, उसले दक्षिण कोरिया र मेक्सिको माथि जित दर्ता गर्दै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्यो । उसले समूह चरणमा जर्मनीसँग मात्रै हार व्यहोरेको थियो । अन्तिम १६ मा स्वीडेनले स्विट्जरल्याण्डसँग भिड्नेछ ।

१०. इंग्ल्याण्ड

इंग्ल्याण्डले विश्कपमा निकै राम्रो सुरुवात गरेको छ । उसले समूह चरणमा पनामा र ट्युनिसियालाई हराएको थियो भने बेल्जियमसँग १–० ले पराजित भएको थियो । समूह ‘जी’को उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको इंग्ल्याण्डले कोलम्बियाको सामना गर्नेछ । ग्यारेथ साउथगेटको प्रशिक्षकत्वमा र ह्यारी केनको नेतृत्वमा रहेको टोलीले अघिल्ला चरणमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

११. स्विट्जरल्याण्ड

पाँच पटकको विश्व विजेता ब्राजिललाई पहिलो खेलमा बराबरीमा रोक्न सफल भएको स्विट्जरल्याण्डले अपेक्षाकृत प्रदर्शन गरिरहेको छ । स्विट्जरल्याण्डले समूह चरणमा सर्वियामाथि जित निकालेको थियो भने ब्राजिल र कोस्टारिकासँग बराबरी खेलेको थियो । अघिल्लो चरणमा स्वीडेनको सामना गर्न लागेको उसले आफ्नो लयलाई कायमै राख्न सक्छ ।

१२. अर्जेन्टिना 

अर्जेन्टिना पछिल्ला दुई दशकमै कमजोर देखिएको छ । अर्जेन्टिनाको मिडफिल्ड र डिफेन्समा निकै ठूलो खाडल देखिन्छ । यद्यपी अर्जेन्टिना भाग्यमानी छ, किनकी ऊसँग लियोनल मेस्सी छन् । उनले नाइजेरिया विरुद्ध गोर्दै टोलीको आत्मविश्वास बढाएका छन् र समर्थकलाई खुसी दिएका छन् ।

१३. पोर्चुगल

पोर्चुगल क्रिस्टियानो रोनाल्डोमा अत्यधिक निर्भर छ । उनले सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका छन् । रोनाल्डो बाहेकका अन्य खेलाडीले औषत प्रदर्शन गरेका छन् । अघिल्लो चरणमा २०१६ को यूरोपियन च्याम्पियनका लागि उरुग्वे, फ्रान्स, अर्जेन्टिना, मेक्सिको र ब्राजिल मध्ये एकले रोक्ने सम्भाना छ । ‘

१४. डेनमार्क

डेनमार्कले समूह चरणमा फ्रान्स र अष्ट्रेलियासँग बराबरी खेलेको थियो भने पेरुलाई हराएको थियो । डेनमार्कले अन्तिम १६ मा क्रोएसिया प्रतिस्पर्धी पाएको छ । समूह ‘डी’ मा सनसनीपूर्ण प्रदर्शन गरेको क्रोएसिया डेनमार्कको अन्तिम ८ मा प्रवेश गर्ने अभियानमा बाधक बन्नसक्नेछ ।

१५. रसिया 

आयोजक राष्ट्र रसियाले उद्घाटन खेलमा साउदी अरबमाथि ५–० को सनसनीपूर्ण जित निकालेको थियो भने दोस्रो खेलमा इजिप्टलाई ३–१ ले हराएको थियो । तेस्रो खेलमा उरुग्वेसँग ३–० गोलले पराजित भएको थियो । उसले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । रसियाले घरेलु मैदानमा स्पेनलाई कडा टक्कर दिने अनुमान समेत गरिएको छ ।

 १६. जापान

]जापान रसिया विश्वकपको सबैभन्दा भाग्यमानी टिम हो । पहिलो खेलमा कोलम्बियालाई पराजित गरेको जापान दोस्रो खेलमा सेनेगलसँग बराबरीमा रोकियो । तेस्रो खेलमा पोल्याण्डसँग पराजित भएको जापान र सेनेगलको अंक बराबर भएपनि फेयरप्लेका आधारमा अन्तिम १६ मा पुग्यो । उसले अन्तिम १६ मा वेल्जियम जस्तो कठिन प्रतिस्पर्धी पाएको छ, जसले जापानको विश्वकपमा आगामी बाटोमा ब्रेक लगाइदिन सक्छ ।

समूह चरणबाट बाहिरिएका टोलीको -याकिङ
१७. इरान
१८. सेनेगल
१९. पेरु
२०. नाइजेरिया
२१. मोरक्को
२२. साउथ कोरिया
२३. सर्विया
२४. आइसल्याण्ड
२५. जर्मनी
२६. पोल्याण्ड
२७. ट्युनिसिया
२८. अष्ट्रेलिया
२९. कोस्टारिका
३०. साउदी अरेविया
३१. इजिप्ट
३२. पनामा

प्रतिक्रिया दिनुहोस्