Logo

विश्वकप म्याच प्रिभ्यू

‘गर वा मर’को अवस्थामा अर्जेन्टिना 

दुई पटकको विश्वविजेता र २०१४ को उपविजेता अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश धरमरमा छ । समूह ‘डी’मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने क्रोएसियासँग ३–० ले पराजित भएको थियो । यो समूहबाट क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । अब एक स्थानका लागि नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिना प्रतिस्पर्धामा छन् । आज ११ः४५ बजे नाइजेरिया र अर्जेन्टिना खेलेकै समयमा आइसल्याण्डले क्रोएसियासँग खेल्नेछ ।
अर्जेन्टिनाले नाइजेरियालाई हराउनैपर्ने दबाव छ । क्रोएसियाले आइसल्याण्डलाई हराएमा र अर्जेन्टिनाले पनि नाइजेरियलाई हराएमा अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश सहज हुनेछ । तर, नाइजेरियाले अर्जेन्टिनालाई बराबरी रोकेमा र क्रोएसियाले आइसल्याण्डलाई हराएमा भने अर्जेन्टिना समूह चरणबाटै बाहिरनेछ । आइसल्याण्ड र अर्जेन्टिना दुवैले जितेमा गोल अन्तरका आधारमा अघिल्लो चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
अर्जेन्टिना नाइजेरियालाई ठूलो अन्तरले हराउन चाहन्छ । रसिया विश्वकपमा पहिलो जित दर्ता गर्ने र अन्तिम १६ मा प्रवेशलाई समेत बलियो बनाउन उसले नाइजेरिया माथि स्पष्ट निकाल्नैपर्ने बाध्यता छ । मंगलबार सेन्ट पिटर्सवर्गमा हुने खेलमा नाइजेरियासँगको पाँचौ भेटमा जित दर्ता गर्ने अर्जेन्टिनाको अभियान हुनेछ । अहिलेसम्म अर्जेन्टिनाले नाइजेरिया विरुद्ध चार जित निकालेको छ, भने एक हार व्यहोरेको छ ।
विश्वकपको अन्तिम १६ मा चौथो पटक प्रवेश गर्न नाइजेरिया अर्जेन्टिनालाई हराउने दाउमा हुनेछ । क्रोएसियासँग अर्जेन्टिनाको हार देखेको नाइजेरिया आइसल्याण्डलाई २–० ले हराएर निकै उत्साही भएको छ । क्रोएसियासँग हार व्यहारेको अर्जेन्टिनाले सुरुवाती लाइनअप परिवर्तन गर्ने सम्भावना छ । यता आइसल्याण्ड विरुद्ध २ गोल गरेर चम्किएका नाइजेरियाका मुसाले अर्जेन्टिना विरुद्ध पनि उत्कृष्ट खेल्ने अपेक्षा गरिएको छ ।
आइसल्याण्डलाई हराएपछि आत्मविश्वास बढेको आइजेरिया मुसालाई मुख्य हतियार बनाएर अर्जेन्टिनालाई आक्रमण गर्ने रणनीतिमा छ । यता अर्जेन्टिनाका प्रशिक्षक जोर्गे सम्पोली भने नाइजेरिया माथि नयाँ तरिकाबाट मैदान उत्रन र सुरुवाती ११ मा परिवर्तन गर्ने तयारीमा छन् ।

सम्भावित लाइनअप

नाइजेरियाः फान्सिस उज्हो, कनेथ ओमेरो, विलियम एकाङ, लियोन बलोगुन, ट्रारोने इबुही, विल्फ्रेड, जो ओबी मिकेल, इटेबो, भिक्टर मोशा, कलेची इहेनाचो, हमदम मुसा
अर्जेन्टिनाः फ्रेन्को अरमानी वा नहुएल गुजमान, एडुआर्डो साल्वियो, गाब्रियल मकार्डा, निकोलस ओटामेन्दी, निकोलस टेल्गियासिफो, इभर बनेगा, जेभियर मास्चेरानो, एन्जो पेरेज, एन्जल डि मारिया, लियोनल मेस्सी, गोेन्जालो हिग्वइन ।
प्रेडिक्सनः २–० (अर्जेन्टिना)

फ्रान्सविरुद्ध डेनमार्क 

समूह ‘सी’ अन्तिम खेलमा ग्रुप लिडर फ्रान्स दबाबमा हुनेछ । उसले अंक तालिकाको दोस्रो स्थानको डेनमार्कसँग खेल्नुपर्नेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । यद्यपी फ्रान्सले पेरु र अष्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । डेनमार्क फ्रान्सलाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्ने दाउमा हुनेछ । अष्ट्रेलियाले पेरुलाई हराएमा र फ्रान्ससँग आफ्नो पराजय भएमा डेनमार्कको अघिल्लो चरण प्रवेश धरमरमा हुनेछ, यस्तो भएमा गोलअन्तरले अघिल्लो चरण जाने टोलीको निधार्रण हुनेछ । १९९८ को विश्वकपमा डेडियर डिस्च्याप्मले समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग खेलेका थिए, त्यो खेल फ्रान्सले २–१ ले जितेको थियो । उनै डिस्च्याम्पले फ्रान्सको प्रशिक्षककारुमा पुनः एक पटक समूह चरणको अन्तिम खेलमा डेनमार्कको सामना गर्दैछन् । उनी त्यो बेला निकालेको नतिजा पुनः दोहो¥याउन चाहन्छन् ।
हेड टु हेडमा फ्रान्स अघि
फिफा विश्व वरियताको सातौं स्थानमा रहेको फ्रान्स र १२ औं स्थानमा रहेको डेनमार्कबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । यी दुई टोलीबीच अहिलेसम्म १५ पटक भेट भएको छ । जसमा फ्रान्सले ८ जित दर्ता गरेको छ, भने डेनमार्कले ६ जित निकालेको छ । एक खेल बराबरीमा सकिएको छ । गोल भने फ्रान्समाथि डेनमार्कले बढी गरेको छ । फ्रान्स विरुद्ध डेनमार्कले ३७ गोल गर्दा फ्रान्सले २० गोल फर्काएको छ । फ्रान्सका लागि रसिया विश्वकप १५ औं विश्वकप हो, उसले एक उपाधि जितेको छ । डेनमार्कको भने यो पाँचौ सहभागिता हो । विश्वकपमा दुई टोलीबीच दुई पटक भेट भएको छ र दुवै टोली एक–एक खेलमा विजयी भएका छन् ।
सम्भावित लाइनअप
डेनमार्कः कास्पर शेमचेल, हेनरिक डलासगार्ड, साइमन कजेर, एन्ड्रियास क्रिसटेन्सेन, जेन्स स्ट्रागर लार्सन, लेस्से शोन, थोमस डेनाmे, क्रिश्चियन एरिक्सन, एन्ड्रियास कार्नेलियस, मार्टिन बे्रथवाइट, निकोलाई जोर्जेन्सन ।
फ्रान्सः ह्योग लोरिस, बेन्जामिन पावर्ड, रोफेल वराने, प्रेस्नेल किम्पेम्बे, लुकास हर्नान्डेज, पल पोग्वा, कान्टे, कोरिन्टिन टोलिसो, निबिल फेक, अन्टोनी ग्रिजमन, थोमस लेमर ।
प्रेडिक्सनः २–० (फ्रान्स)

प्रतिक्रिया दिनुहोस्