Logo

म्याच प्रिभ्यू

स्कोर बोर्ड
मेक्सिको भर्सेस दक्षिण कोरियाः २–१ (मेक्सिको)
जर्मनी भर्सेस स्विडेनः २–१ (जर्मनी)
इंग्ल्याण्ड भर्सेस पनामाः ६–१ (इंग्ल्यान्ड)
आजका खेल
साउदी अरेविया भर्सेस इजिप्टः साँझ ७ः४५
उरुग्वे भर्सेस रसियाः राति ७ः४५
स्पेन भर्सेस मोरक्कोः राति ११ः४५
इरान भर्सेस पोर्चुगलः राति ११ः४५

पोर्चुगललाई हराउने इरानको दाउ
विश्वकप समूह चरणका अन्तिम खेल आज (सोमबार)बाट सुरु हुँदैछन् । समूह ‘बी’ मा रहेको इरानले समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ । इरानले पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो र दोस्रो खेलमा स्पेनसँग १–० ले पराजित भएको थियो । एक खेलमा जित निकालेर तीन अंक जोडेको इरान अघिल्लो चरणमा प्रवेश गर्न पोर्चुगल विरुद्ध स्पष्ट जित निकाल्ने अभियानमा हुनेछ । तर, उसका लागि पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डोलाई रोक्नु निकै कठिन हुनेछ । रोनाल्डोले दुई खेलमा चार गोल गरिसकेका छन् ।
पोर्चुगलले पहिलो खेल स्पेनसँग ३–३ को बराबरी खेलेको थियो भने मोरक्कोलाई १–० ले हराएको थियो । एक बराबरी र एक जित निकालको स्पनेले चार अंक जोडेको छ । इरानविरुद्ध जित निकाल्दै समूह विजेता बन्ने दाउमा पोर्चुगल हुनेछ । यदी इरानसँग पराजित भएको खण्डमा उसको विश्वकप यात्रा समूह चरणमै अन्त्य हुनेछ, त्यसैले पनि पोर्चुगलले जित, अथवा बराबरीको नजिता निकाल्न आवश्यक छ । यद्यपी इरानको बलियो रक्षा पंक्ति तोड्न पोर्चुगलका लागि चुनौतिपूर्ण हुनेछ । इरानको रक्षापंक्ति तोड्न स्पेनलाई हम्मेहम्मे परेको थियो । इरानको बलियो रक्षा पंक्ति तोड्दै स्पेन विरुद्ध ह्याट्रिक गरेका रोनाल्डोलाई गोल गर्न त्यती सहज भने छैन ।
हेड टु हेडमा पोर्चुगलको शतप्रतिशत नतिजा
फिफा विश्व वरियतामा पोर्चुगल चौथो स्थानमा रहँदा इरान ३७ औं स्थानमा छ । अहिलेसम्म इरान र पोर्चुगलबीच दुई पटक भेट भएको छ र पोर्चुगलले शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । पोर्चुगलले इरानविरुद्ध पाँच गोल गरेको छ, इरानले भने पोर्चुगल विरुद्ध गोल गर्न सकेको छैन ।
२००६ को विश्वकपको समूह चरणमा इरान र पोर्चुगलबीच भेट भएको थियो । जुन खेल पोर्चुगलले २–० ले जितेको थियो र ८० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।
सम्भावित लाइनअप
इरानः अली बेरानवन्द, एहसान हाजी सफी, मोर्टेजा पौरालिगनजी, रमिन रेजियन, मजिद होसेनानी, सेयद उजतोलाही, वाहिदी अमिरी, ओमिद इब्राहिमी, करिम अन्सारिफार्ड, मेहदी तारेमी, सरदार एजमन ।
पोर्चुगलः रुई पेट्रिसियो, पेपे, जोस फोन्टे, राफेल ग्वेरेरो, सेड्रिक सोरेस, विलियम कार्वाल्हो, जोओओ माउटिन्हो, बनार्ड सिल्भा, जाओ मारियो, गोन्कालो ग्यूडियस, क्रिस्टियानो रोनाल्डो ।
प्रेडिक्सनः ०–१ (पोर्चुगल)

मोरक्कोमाथि शानदार जित निकाल्ने स्पेनको धोको
निकै रोमान्चक समूह मध्येको एक समूह ‘बी’को अर्को खेलमा एक पटकको विश्वविजेता स्पेन मोरक्को माथि शानदार जित निकाल्ने अभियानमा हुनेछ । अंक तालिकामा पोर्चुगल र स्पेन दुवैको चार अंक छ । दुवै टोलीले तीन गोल खाएर चार गोल गरेका छन् । जसका कारण पनि स्पेन मोरक्कोलाई फराकिलो अन्तरले हराएर समूह विजेता बन्ने दाउमा हुनेछ ।
स्पनेले पहिलो खेल पोर्चुगलसँग ३–३ को बराबरी खेलेको थियो, भने दोस्रो खेलमा इरानलाई १–० ले हराएको थियो । इरान र स्पेनसँग पराजित भएको मोरक्कोले अंक जोड्न सकेको छैन र अन्तिम खेल अगावै घर फर्कने निश्चित भइसकेको छ । तर, पनि उ स्पेनलाई हराउँदै तीन अंक जोडेर घर फर्कने अभियानमा हुनेछ । तर, मोरक्कोको यो अभियान त्यती सहज भने हुँनेछैन । निकै सन्तुलित टिम, बलियो डिफेन्स र स्टार खेलाडीको बाहुल्यता रहेको स्पेन रसिया विश्वकपको बलियो उपाधि दावेदार हो । त्यसैले पनि मोरक्कोले स्पेनलाई हराउनु फलामको च्यूरा चपाए सरह हुनेछ ।
स्पेन पछिल्ला २२ खेलमा अपराजित छ । विश्वकप सुरु हुनुभन्दा दुई दिन अघिमात्रै प्रशिक्षक नियुक्त भएका फर्नान्डो हिएरो अपराजित कायमै राखेर उपाधि जित्ने अभियानमा छन् ।
विश्वस्तरीय प्रदर्शन गरे पनि मोरक्को यो विश्वकपमा अभागी सावित भयो, उसले दुई खेलमा १–१ गोलले हार व्यहोरेको छ । उसले स्पेन विरुद्ध रक्षा पंक्ति बलियो बनाएर मैदान उत्रन सक्छ । मोरक्कोले पछिल्ला १५ विश्वकप खेल मध्ये दुई खेलमा मात्रै जित हात पारेको छ । उसले जितेका दुवै खेल समूह चरणका अन्तिम खेल हुन् । उसले १९८६ मा पोर्चुगल विरुद्ध ३–१ को जित दर्ता गरेको थियो भने, १९९८ मा स्कटल्याण्डलाई ३–० ले हराएको थियो ।
स्पेनको शतप्रतिशत नतिजा
फिफा विश्व वरियतामा स्पेन १० औं नम्बरमा रहँदा मोरक्को ४१ औं नम्बरमा छ । दुई टोलीबीच अहिलेसम्म २ पटक भेट भएको र दुवै खेल स्पेनले जितेको छ । मोरक्को विरुद्ध स्पनेले ४ गोल गर्दा मोरक्कोले २ गोल गरेको छ ।
रसिया विश्वकप स्पेन सहभागी भएको १५ औं विश्वकप हो, उसले एक उपाधि समेत जितको छ । मोरक्कोले भने पाँचौ पटक विश्वकपमा सहभागित जनाएको हो ।
सम्भावित लाइनअप
स्पेनः डेभिड डि गे, जोर्डी अल्बा, सर्जियो रामोस, जेरार्ड पिके, डानी कार्भाजल, कोके, थियागो अलकान्तारा, इस्को, डेभिड सिल्भा, डिएगो कोस्टा, इगो एस्पस ।
मोरक्कोः मोरिन एल काजेइ, अचराफ हाकिमी, घनम सइस, मेहदी बेनातिया, हम्जा मेन्डेल, करिम एल अहमदी, हामिक जियाच, एमबार्क बोसोफा, यूनूस बेलहान्डा, नोर्डडाइन अमरावत, खालिद बोटाइब ।
प्रेडिक्सनः २–० (स्पेन)

 

प्रतिक्रिया दिनुहोस्