विश्वकपमा प्रविधि : चिप जडित फुटबलदेखि फोरके र फाइभजीसम्म

फिफाले ६४ खेलहरूमा भीएआरको प्रयोग गर्ने भएको छ । यसको जडान भिडियो अपरेसन रुममा गरिनेछ । अहिले यो भिडियो अपरेसन रुम रुसको राजधानी मस्कोस्थित अन्तर्राष्ट्रिय प्रसारण केन्द्रभित्र छ । भीएआरले फाइबरमा आधारित रेडियो प्रणालीको प्रयोग गरी रेफ्रीसँग कुराकानी गर्न सक्छ ।
प्रविधिले कुनै क्षेत्रलाई अलग रहन नदिएपछि विश्वकप फुटबल पनि यसबाट अछूतो रहने कुरै भएन । प्रविधिले विश्वकपका प्रसारक, आयोजक तथा दर्शकमाझ महत्वपूर्ण भूमिका प्रदर्शन गर्दै आएको छ । विश्वकप २०१८ पनि यसबाट टाढिन सकेको छैन ।
यसअघि ब्राजिलमा सम्पन्न विश्वकपमा गोल लाइन प्रविधिको पहिलो पटक प्रयोग गरियो । रेफ्रीले पहिलो पटक निर्णय गर्न कृत्रिम बौद्धिकता (एआई)को सहयोग पाएको थियो । यो वर्ष भिडियोले सहयोग गर्छ । भिडियो असिस्टेन्ट रेफ्रीको रूपमा चिनिने यसलाई भीएआर भनिन्छ ।
फिफाले ६४ खेलहरूमा भीएआरको प्रयोग गर्ने भएको छ । यसको जडान भिडियो अपरेसन रुममा गरिनेछ । अहिले यो भिडियो अपरेसन रुम रुसको राजधानी मस्कोस्थित अन्तर्राष्ट्रिय प्रसारण केन्द्रभित्र छ । भीएआरले फाइबरमा आधारित रेडियो प्रणालीको प्रयोग गरी रेफ्रीसँग कुराकानी गर्न सक्छ । ३३ प्रसारण क्यामरा, दुईटा अफसाइड क्यामरा सोही नेटवर्कको प्रयोग गरी सीधा प्रसारण भीएआरलाई हुन्छ । यस्ता ८ फिडहरू स्लो मोसनमा र ४ वटा अल्ट्रा स्लो मोसनमा राखिएका छन् ।
नकआउट चरणको खेलमा दुई थप अल्ट्रा स्लो मोसन क्यामरा जडान गरिनेछ । यसको उद्देश्य यहाँ तयार गरिएका हरेक भीएआरले विभिन्न क्यामराबाट पाएका फिडलाई हेर्नु र कमजोरीहरूको जानकारी रेफ्रिलाई दिनु रहेको छ । यो विश्वकपमा क्रियाशील धेरैजसो रेफ्रीहरूले भीएआरको उपयोग गर्नेछैन् ।
अर्को प्रविधि हो– ४ के युएचडी भिडियो एन्ड भीआर । यो प्रसारण प्रविधिको क्षेत्रमा नयाँ प्रविधि हो । युएचडीलाई अल्ट्रा हाइ डिफिनेसन भनिन्छ । सन् २०१४ को ब्राजिल विश्वकपमा फोरकेको परीक्षण गरिएको थियो । फस्ट कम फस्ट सर्भ बेसिसमा यसको प्रयोग गरिन्छ । लाखौं मानिसहरूले कुनै पनि बेला एकैपटक हेर्न पाउनेछन् । बीबीसीसँग पनि भीआर फिड छ । यसले स्टेडियमको कुनै निजी बक्समा रहेका बेला दर्शकहरूलाई यसको अवलोकन गराउन सक्नेछ ।
अर्को प्रविधि हो, इलेक्ट्रोनिक पर्फर्मेन्स एन्ड ट्रयाकिङ सिस्टम्स । यो फिफाको दोस्रो ठूलो सिर्जनशीलता हो । यो ट्याब्लेटमा आधारित प्रणाली हो । यसले सबै ३२ टोलीका खेलाडीहरूसँग पहुँच कायम गर्न कोचलाई अवसर दिनेछ । कोचले वास्तविक समयमा पहुँच कायम गर्न सक्नेछन् ।
हरेक टोलीलाई ३ ट्याब्लेट दिइएको छ । एक उभिएका विश्लेषकका लागि, एक बेन्चमा रहेका विश्लेषकका लागि र अर्को मेडिकल टीमका लागि दिइएको छ । म्याचका फुटेज ३० सेकेन्डको ढिलाइमा आउनेछ । जसमा खेलाडीको अवस्था, पासिङ दिएको, दबाब दिएको गति र खेल गतिविधिका फुटेजहरू हरेक ३० सेकेन्डमा उपलब्ध हुनेछ । यो क्यामरामा आधारित प्रणालीमा काम गर्छ । यो फिफाले सन् २०१५ मा अनुमोदन गरेको थियो ।
अर्को प्रविधि फाइभजी हो । विश्वकप रसियाका औपचारिक सञ्चार साझेदारहरू टीएमएस र मेगाफन दुवैका लागि फाइभजी आइपुगेको छ । यो प्रविधिको परीक्षण विश्वकप रसियामा भएको छ । यसको आम रूपमा उपलब्धता सन् २०१९ मा हुने अपेक्षा गरिएको छ । यसको अर्थ धेरै राम्रो कनेक्टीभिटी हो । उदाहरणका लागि इन्टेल शक्तिकृत सञ्जाल सन् २०१८ मा देखियो । पेइओङ चाङको विन्टर ओलम्पिक्समा प्रसारकलाई ३६० डिग्रीको भीआर भिडियो दिन सहयोग पुग्यो ।
सन् १९७० देखि एडिडासले विश्वकपलाई औपचारिक रूपमा फुटबल उपलब्ध गराउने गर्छ । यो वर्ष यसले टेल्स्टार १८ भकुण्डो उपलब्ध गराएको छ । यो भकुण्डोको खप्ने क्षमता धेरै बढी हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरो यसमा निकट मैदान सञ्चार (नियर फिल्ड कम्युनिकेसन–एनएफसी) चीप जडान गरिएको छ । यो एप पेर र एन्ड्रोइड पे जस्तो प्रविधि हो । बलले स्मार्टफोनसँग संवाद गर्न सक्छ ।