राष्ट्रियसभा सदस्यको कार्यकाल गोलाप्रथाबाट तय «

राष्ट्रियसभा सदस्यको कार्यकाल गोलाप्रथाबाट तय

राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट तय भएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा भएको गोलाप्रथामा सांसद आफैंले तानेको गोलाबाट कार्यकाल तय भएको हो । जसअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पूरै कार्यकाल अर्थात् ६ वर्ष नै रहनेछन् भने उपाध्यक्ष शशिकला दाहाल ४ वर्ष राष्ट्रिसभामा रहनेछिन् ।
राष्ट्रिय सभामा धेरै कार्यकाल पाउनेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का तर्फबाट सदस्य भएकाहरू छन् भने चार वर्षपछि राष्ट्रियसभामा कांग्रेसका ४ जनामात्र सदस्य रहनेछन् । राष्ट्रिय सभा ५९ सदस्यीय छ ।
गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्षकै रहने भएको छ भने अर्थमन्त्री युवराज खतिवडा भने २ वर्षमात्र राष्ट्रिय सभामा रहनेछन् । खतिवडा राष्ट्रपतिको तर्फबाट राष्ट्रिय सभामा मनोनित भएका थिए । राष्ट्रियसभाको कार्यकाल सकिएसँगै उनी अर्थमन्त्रीबाट पनि हट्ने छन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांश तथा राष्ट्रिय सभा नियमावली, ०७५ को नियम २०८ मा नेपालको संविधान प्रारम्भ भएपछि पहिलो पटकको लागि राष्ट्रिय सभा सदस्यको पदावधि गोला प्रथाद्वारा दुई, चार र ६ वर्ष कायम गर्ने व्यवस्थाअनुसार गोलाप्रथाबाट कार्यकाल तय गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

कांग्रेसका ४ मात्र ६ वर्षसम्म
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने १३ मध्ये ४ सांसद मात्र राष्ट्रियसभामा पूरा कार्यकाल रहनेछन् । ७ जना सांसदको कार्यकाल २ वर्षमात्र हुने छ भने २ जनाको कार्यकाल ४ वर्षको रहनेछ । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र सचेतक सरिता प्रसाईको कार्यकाल २ वर्षमात्र हुनेछ । बद्री पाण्डे, मुक्ताकुमारी यादव, धना खतिवडा र वृन्दा रानाको कार्यकाल २ वर्षको मात्र हुनेछ भने राधेश्याम अधिकारी र तारादेवी भट्टको कार्यकाल ४ वर्षको हुनेछ । जितेन्द्र देव, प्रकाश पन्थ, अनिता देवकोटा र रमेशजंग रायमाझीको कार्यकाल भने ६ वर्षको हुने छ ।


कसकोे पदावधि कति ?
प्रदेश नम्बर १
महिलातर्फ
नैनकला ओझा– ने क पा –४ वर्ष
विना पोखरेल– ने क पा –६ वर्ष
सरिता प्रसाई– कांग्रेस –२ वर्ष

खुलातर्फ
पर्शुराम मेघी गुरुङ –ने क पा–४ वर्ष
रमेशजंग रायमाझी –कांग्रेस– ६ वर्ष
हरिचरण सिवाकोटी –ने क पा– २ वर्ष

दलिततर्फ
खेमराज नेपाली– ने क पा– २ वर्ष

अपांगता तथा अल्पसंख्यकतर्फ
अगम प्रसाद वान्तवा राई – ४ वर्ष

प्रदेश नम्बर २
महिलातर्फ
प्रमिला कुमारी –संघीय समाजवादी फोरम –६ वर्ष
मुक्ता कुमारी यादव– कांग्रेस–२ वर्ष
शशिकला दाहाल –ने क पा–४ वर्ष

खुलातर्फ
जितेन्द्र नारायण देव –कांग्रेस–६ वर्ष
रमेश प्रसाद यादव –राजपा–२ वर्ष
सुमनराज प्याकुरेल –ने क पा–४ वर्ष

दलिततर्फ
रामपृत पासवान –संघीय समाजवादी फोरम–२ वर्ष

अपांगता तथा अल्पसंख्यकतर्फ
बृषेश चन्द्रलाल –राजपा–२ वर्ष

प्रदेश नम्बर ३
महिलातर्फ
उदया शर्मा पौडेल –ने क पा– ४ वर्ष
दिल कुमारी थापा रावल –ने क पा–६ वर्ष
धनकुमारी खतिवडा–कांग्रेस– २ वर्ष

खुलातर्फ
बलराम प्रसाद बासकोटा –ने क पा–२ वर्ष
राधेश्याम अधिकारी –कांग्रेस– ४ वर्ष
राम बहादुर थापा बादल–ने क पा– ६ वर्ष

दलिततर्फ
सिंग बहादुर विश्वकर्मा–ने क पा–६ वर्ष
अपांगता तथा अल्पसंख्यक
रामचन्द्र राई– ने क पा–६ वर्ष

प्रदेश नम्बर ४
महिलातर्फ
दिपा गुरुङ– ने क पा–६ वर्ष
बिन्दादेवी आले –कांग्रेस–२ बर्ष
शान्ती कुमारी अधिकारी जिसी–४ वर्ष

खुलातर्फ
गणेश प्रसाद तिमल्सिना –ने क पा–६ वर्ष
दिनानाथ शर्मा –ने क पा– ४ वर्ष
सुरेन्द्रराज पाण्डे –कांग्रेस– २ वर्ष

दलिततर्फ
खिम कुमार बिक –ने क पा–४ वर्ष

अपांगता तथा अल्पसंख्यकतर्फ
प्रकाश पन्थ– कांग्रेस– ६ वर्ष

प्रदेश नम्बर ५
महिलातर्फ
अनिता देवकोटा –कांग्रेस–६ वर्ष
कोमल ओली –ने क पा–४ वर्ष
मिना बूढा –ने क पा– २ वर्ष

खुलातर्फ
खिमलाल भट्टराई –ने क पा–६ वर्ष
चन्द्र बहादुर खड्का –ने क पा–४ वर्ष
दुर्गा प्रसाद उपाध्याय –कांग्रेस– २ वर्ष

दलिततर्फ
राम लखन चमार –ने क पा– ४ वर्ष

अपांगता तथा अल्पसंख्यक
राजकुमार कुँवर –ने क पा–२ वर्ष

कर्णाली प्रदेश
महिलातर्फ
कविता बोगटी –ने क पा – ४ वर्ष
नन्दा चपाई – ने क पा – ६ वर्ष
युटोल तामाङ – ने क पा – २ वर्ष

खुलातर्फ
काली बहादुर मल्ल–ने क पा–२ वर्ष
ठगेन्द्र प्रकाश पुरी–ने क पा– ४ वर्ष
भैरव सुन्दर श्रेष्ठ–ने क पा– ६ वर्ष

दलिततर्फ
नरपति लुवार–ने क पा–६ वर्ष

अपांगता तथा अल्पसंख्यकतर्फ
जीवन बुढा–ने क पा– ४ वर्ष

प्रदेश नम्बर ७
महिलातर्फ
इन्दु कडरिया–ने क पा–६ वर्ष
कमला कुमारी ओली–ने क पा– २ वर्ष
तारादेवी भट्ट–कांग्रेस– ४ वर्ष

खुला तर्फ
बद्री प्रसाद पाण्डे–कांग्रेस–२ वर्ष
शेर बहादुर कुँवर–ने क पा– ४ वर्ष
हरिराज चौधरी–ने क पा– ६ वर्ष

दलिततर्फ
चक्र प्रसाद स्नेही–ने क पा–४ वर्ष
अपांगता तथा अल्पसंख्यक तर्फ
महेश कुमार महरा–ने क पा–६ वर्ष

राष्ट्रपतिबाट मनोनित
युवराज खतिवडा –ने क पा–२ वर्ष
राम नारायण विडारी –ने क पा–४ वर्ष
विमला राई पौडेल –ने क पा–६ वर्ष

प्रतिक्रिया दिनुहोस्