नेयमारको फरक पाटो

नेयमारलाई ब्राजिलमा उच्च सम्मान गरिन्छ । उनले समाजप्रति गरेको योगदान र उनको फुटबल खेल्ने शैली मन नपराउने शायदै कोही ब्राजिलियन होला । उनले खेल्दा लिने आनन्द, लगाउने ट्रिक्स, मुस्कान र खुसीले सबैलाई मोहित बनाउने गरेको छ । २०१४ को विश्वकपमा ब्राजिलले नेयमार माथि ठूलो भरोसा गरेको थियो । उनको नाम पेले, रोनाल्डो, बेबेटो जस्ता लिजेन्डसँग तुलना गरिएको थियो । क्वाटरफाइलनमा कोलम्बियाका केमिलो जुनिगाले घातक आक्रमण गरे र नेयमार गम्भिर घाइते भए । उनको आक्रमणबाट नेयमारको ढाडमा चोट मात्रै लागेन, त्यसले ब्राजिलको सपनामाथि नै बज्रपात गर्यो । र, सेमिफाइनलमा ब्राजिलले जर्मनीसामु आत्मसर्मपणकै शैलीमा हार व्यहोर्यो । अस्पतालमा नेयमार ह्विलचियरमा बसिरहेका बेला डाक्टरले भनेका थिए, ‘तिमी राम्रोसँग हिँड्न सक्यौ भने पनि त्यो ठूलो उपलब्धी हुनेछ ।’ |
ब्राजिलका स्टार स्ट्राइकर नेयमार जुनियर अहिले ब्राजिललाई छैटौं पटक विश्वकपको उपाधि जित्ने अभियानमा रसियामा छन् । धेरैलाई लाग्ला, नेयमार एक फुटबलरमात्रै हुन् । अझ बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि त उनीमाथि अर्को आरोप थपिएको छ, उनी पैसाको पछि दौडन्छन् ! के नेयमार त्यस्तै खेलाडी हुन् त ?
पक्कै होइन, व्यावसायिक फुटबलमा ट्रान्सफरको क्रम चलिरहन्छ । नेयमारलाई त्यो कोणबाट मात्रै हेर्नु पक्कै उचित हुँदैन । उनले जसरी मैदानमा जादू देखाउँछन्, उनको गाउँ ब्राजिलको प्रिया ग्रान्डेका विपन्न बालबालिकाका लागि रियल जादुगर नै हुन् ।
को हुन् नेयमार ?
५ फेब्रुअरी १९९२ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका उनको पूरा नाम नेयमार डा सिल्भा सन्टोस जुनियर हो । उनी एक गरिब परिवारमा जन्मिएका थिए । बाल्यकालमा ब्राजिलका अन्य खेलाडीहरू झैं नेयमार पनि सडक फुटबलर थिए । उनले सडकमा खेलेरै धेरै फुटबल कला सिकेका थिए । नेयमारका बाबु नेयमार सिनियर पनि एक फुटबलर थिए । नेयमारको बाल्यकाल प्रशिक्षक उनका बाबु नै हुन् । बाल्यकालमा उनी एक स्ट्रिट फुटबल र फुटसल खेलाडीका रूपमा चर्चित थिए । जसले उनको कौशललाई अझ तिखारिदियो ।
ब्राजिलको प्रिया ग्रान्डेस्थित सडकमा नेयमारसहितका युवाहरू पुराना कपडा भेला पारेर बल बनाएर खेल्थे । उनीहरूले हेरक साँझ यसै गरी खेल्ने गर्थे । नेयमार र उनको परिवार साओपाओलोबाट ४५ मिनेटको दूरीमा रहेको प्रिया गान्डेमा बस्थे । जुन, समुद्र तटमा थियो । नेयमारले सातदेखि १४ वर्षको उमेर त्यहीँ बिताए । त्यो समुद्री तटमा बच्चाहरूले दैनिक जसो अपराधिक समूहको सामना गर्नुपथ्र्यो ।
जब नेयमार चार महिनाका थिए, उनको परिवार कारमा यात्रा गरिरहेको थियो । त्यो समयमा बाक्लो कुहिरो लागेर पानी परिरहेको थियो । त्यही बेला नेयमारले पिताले चलाएको कार दुर्घटनामा परेको थियो । चार महिनाका नेयमार कारको पछिल्लो सिटमा थिए । दुर्घटनामा उनका बुबा गम्भिर घाइते भए । दुर्घटनामा कारमा सवार नेयमार र बुबा, आमा घाइते भए । सबै चोटग्रस्त थिए र शरीरबाट रगत बगेको थियो । बुबा गम्भिर घाइते हुँदा, नेयमारको टाउकोमा सामान्य चोट लागेको थियो । आमा सामान्य घाइते भइन् ।
विगत सम्झेर विपन्नको सहयोग
नेयमारको बाल्यकाल सम्झँदै परिवारले २०१४ मा नेयमा इन्स्टीच्युट स्थापना गर्यो । जुन प्रिया गान्डेमा रहेको नेयरमाका पिताले बनाएको पुरानो घरमा छ । जसले स्थानीय बालबालिकाको खेल्ने शैलीमा आमुल परिवर्तन ल्याइदिएको छ । उनको इन्स्टीच्यूटले विपन्न वर्गका बालबालिकाको भविष्य उज्वल बनाउने काम गरेको छ । उक्त इन्स्टीच्यूटमा भएको सुविधा इंग्ल्याण्डको निजी स्कुलले दिने सुविधा भन्दा राम्रो छ ।
नेयमारले सुरुवाती चरणमा उक्त इन्स्टीच्यूटमा ७ मिलियन पाउण्ड लगानी गरेका छन् । जहाँ फुटबल पिच, स्विमिङ पुल, नृत्य गृह, टेनिस कोर्ट, भलिवल कोर्ट, बास्केटबल स्पेस छ । सो इन्स्टीच्यूडमा न्यून आय भएका परिवारका बच्चाका साथै ६ स्थानीय विद्यालयका विद्यार्थीहरूले अभ्यास गर्न पाउँछन् । नेयमार र उनका बाबुले हरेक वर्ष सो इन्स्टीच्यूडमा १.६ मिलियन पाउण्ड लगानी गर्दै आएका छन् ।
इन्स्टीच्यूडका निर्देशक सोएल मोरेसले भनेका छन्, ‘यसले बलाबालिकालाई हिंसा र दुव्र्यसनीमा लाग्नबाट जोगाएको छ । जसले शिक्षामा सुधार गर्नुका साथै आशा जगाएको छ ।’
त्यहाँका बालबालिकाले नेयमार माथि ठूलो भरोसा गरेका छन्, र उनलाई समाजको एक आदर्श व्यक्तिका रुपमा लिएको छ । एक बच्चा समाजका लागि महत्वपूर्ण व्यक्ति बन्न सक्ने नेयमारको मान्यता छ । उनी आफ्नो इन्स्टीच्युडमा भएका बालबालिका फुटबलमै लागुन् भन्ने सोच्दैनन् । उनको चाहना छ, बालबालिकाले शिक्षा र खेलकुद दुवैमा राम्रो गरुन् । उनको इन्स्टीच्युडले एक हजार भन्दा बढी बालबालिको निःशुल्क स्वास्थ्य उपचार र शिक्षाको जिम्मेवारी लिएका छन् । नेयमारलाई यसलाई कम्युनिटी हबका रूपमा विकास गरेका छन् । नेयमारले उक्त इन्स्टीच्युटलाई व्यवसायिक रूपमा हेरेका छैनन् । उनको लगानी समाज र राष्ट्रका लागि समेत हो ।
महँगा फुटबलर र विश्वकप सपना
नेयमारको परिवारमा आँशु, क्रोध र आक्रोश कम भइरहेको थियो, जतिबेला नेयमार ह्विलचियरमा थिए । जर्मनीका आद्रे सुर्लेले ब्राजिल विरुद्ध ७९ औं मिनेटमा गोल गरे, त्यो सातौं गोल थियो । जसले ब्राजिललाई इतिहासकै लज्जास्पद हारको बाटो देखाएको थियो । ह्विलचिरमा बसेका नेयमारले निर्णय लिए, ‘यसले घोच्यो,’ उनले रिमोट हातमा उठाए र टेलिभिजन बन्द गरे । आफ्ना साथीहरूलाई भने, “हिँड, तास खेलौं ।”
२०१४ को विश्वकपमा ब्राजिलले नेयमार माथि ठूलो भरोसा गरेको थियो । उनको नाम पेले, रोनाल्डो, बेबेटो जस्ता लिजेन्डसँग तुलना गरिएको थियो । क्वाटरफाइलनमा कोलम्बियाका केमिलो जुनिगाले घातक आक्रमण गरे र नेयमार गम्भिर घाइते भए । उनको आक्रमणबाट नेयमारको ढाडमा चोट मात्रै लागेन, त्यसले ब्राजिलको सपनामाथि नै बज्रपात गर्यो । र, सेमिफाइनलमा ब्राजिलले जर्मनीसामु आत्मसर्मपणकै शैलीमा हार व्यहोर्यो । अस्पतालमा नेयमार ह्विलचियरमा बसिरहेका बेला डाक्टरले भनेका थिए, ‘तिमी राम्रोसँग हिँड्न सक्यौ भने पनि त्यो ठूलो उपलब्धी हुनेछ ।’
नेयमारले प्लेयर ट्रिब्यूनसँग भनेका छन्, “म घरमा खुब रोएँ । मैले आमा, बुबालाई पनि रोइरहेको देखेँ । सबै दुःखी थिए, मेरो परिवार, साथी सबै…र, यो मेरा लागि सबैभन्दा दुखद् क्षण हो ।”
फेरी पनि, रसिया विश्वकपमा नेयमार ब्राजिलियन टोलीका प्रमुख सदस्य हुन् । २०१४ मा घरेलु मैदानमा लज्जास्पद हार व्यहोरेपछिको सार्वजनिक प्रतिक्रिया ब्राजिलियन खेलाडीहरूको मानसपटलमा ताजै छ । जर्मनीसँगको हारपछि एक अक्रोशित समूहले साओपाओलमा देशको झण्डा जलाएको थियो । उक्त आक्रोशलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस नै प्रहार गर्नुपरेको थियो ।
त्यो निराशा, आशामा बदलियो । जब विश्वकप छनौटमा ब्राजिलले अर्जेन्टिना भन्दा दोब्बर गोल गर्दै र दोस्रो स्थानको उरुग्वे भन्दा १० अंक बढी जोडेर रसिया विश्वकपमा छनौट हुने पहिलो टोली बन्यो । यतिमात्रै होइन, गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा जर्मनीलाई उसकै मैदानमा ब्राजिलले १–० ले हराएको थियो ।
उनी गत समरमा विश्व कीर्तिमानी १९८ मिलियन पाउण्डमा पिएसजी गएपछि उनी विश्वका महँगा फुटबलर बनेका छन् । उनको मासिक तलब ६ लाख पाउण्ड छ । नेयमारलाई अनुबन्ध गरेपछि पिएसजीका अध्यक्ष नासिर अल खेलाफीले एक गज्जबको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, “नेयमार आउनुपूर्व पिएसजीको भ्यालु १ अर्ब यूरो थियो । जब नेयमार आए भ्यालु बढेर १ अर्ब ५० करोड यूरो पुग्यो ।”
इएसपिएन वल्र्ड फेम लिस्टमा नेयमार चौथो स्थानमा छन् । क्रिस्टियानो रोनाल्डो, लब्रोन जेम्स र लियोनल मेस्सीपछिको स्थान नेयमारले सुरक्षित गरेका छन् । सामाजिक संजालको कुरा गर्ने हो भने उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा निकै अघि छन् । नेयमारलाई सामाजिक संजालमा ९० मिलियनभन्दा धेरैले फलो गरेका छन्, जुन ट्रम्पको भन्दा ३० मिलियन बढी हो ।
धेरैका लागि नेयमार हिरो हुन् । जसले करोडौं मानिसलाई खुसी र आनन्दित बनाउँछन् । आलोचकहरूले भने उनका बारेमा अनेक उपमा दिएर अलोचना गर्ने गरेका छन् । यो विरोधाभासका बीच २०१८ को विश्वकपमा नेयमारले आफूलाई प्रमाणित गर्नुपर्नेछ ।
नेयमारलाई ब्राजिलमा उच्च सम्मान गरिन्छ । उनले समाजप्रति गरेको योगदान र उनको फुटबल खेल्ने शैली मन नपराउने शायदै कोही ब्राजिलियन होला । उनले खेल्दा लिने आनन्द, लगाउने ट्रिक्स, मुस्कान र खुसीले सबैलाई मोहित बनाउने गरेको छ ।
“फुटबल विश्वको जेलस महिला जस्तै हो,” नेयमार भन्छन्, “यदि तपाईंले उनलाई राम्रो व्यवहार गर्नु हुन्न, उनले तपाईंलाई माया गर्दिनन् र तपाईलाई धोका दिन सक्छिन् । त्यसैले म बिट्सलाई माया गर्छु ।”
ब्राजिलको चर्चित फुटबल क्लब सन्टोसमा उनले पेलेका पुराना रुममेट लिमासँग प्रशिक्षित हुने अवसर प्राप्त गरे । उनले २०१४ मा लिनाले डेलिमेलसँग भनेका थिए, “नेयमारको बानीमा धेरै सुधार गर्नुप¥यो । उनले पौष्टिक खानेकुरा धेरै आवश्यक थियो । उनले जंक फुड धेरै खान्थे । बर्गर र सोडा उनको प्रिय खानेकुरा थियो । हामीले उनको त्यो बानी पूर्ण परिवर्तन गर्यौं ।”
नेयमारको करियरमा सान्टोस पुलको रुपमा रह्यो, अपेक्षा भन्दा लामो समय सान्टोसमा रहेका उनले ब्राजिललाई बलियो बनाउन सहयोग गरे । १४ वर्षको उमेरमा उनलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल मड्रिडले चासो देखायो । तर उनका पिताले नेयमार सान्टोसमै बस्न चाहेको बताएका थिए । सोही बेला स्पेनिस मिडियाले लेखेका थिए, “नेयमारका एजेन्ट (पिता) अतिरिक्त पैसा चाहन्छन् ।”
२०१० मा वेस्टह्यामले उनलाई १२ मिलियन पाउण्डमा अनुबन्ध गर्न खोजेको थियो । लगत्तै चेल्सीले पनि अनुबन्ध गर्ने प्रयास गर्यो । तर, यी दुवै क्लबको प्रस्तावलाई सान्टोसले अस्विकार गरिदियो ।
जब नेयमार २१ वर्षका थिए, बार्सिलोनाले उनलाई ४९ मिलियन पाउण्डमा अनुबन्ध गर्यो । उनी लियोनल मेस्सी र लुइस स्वारेजसँग खेल्न थाले । बार्सिलोना आएपछि उनी रातारात स्टार बने । गत सिजनमा उनले मेस्सीको छायाँबाट मुक्त हुन भन्दै पिएसजीमा अनुबन्धित भए । उनी सामु पिएसजीलाई च्याम्पियन्स लिग जिताउने र ब्राजिललाई विश्वकप जिताउने ठूलो दबाब थियो । उनले पिएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेनन् । किनकी उनी आधा सिजन खेलिनसक्दै घाइते भए । अब उनले ब्राजिललाई विश्वपकको उपाधि जिताएनन् भने उनलाई असफलको सूचीमा राख्नेहरूको कमी हुनेछैन ।
उनी घाइते भएपछि पिएसजी अन्तिम १६ बाटै बाहिरियो । नेयमार विना नै पिएसजीका तत्कालिन प्रशिक्षक युनी इम्रीले च्याम्पियन्स लिगमा संघर्ष गरे, तर त्यो सम्भव भएन ।
सेप्टेम्बरमा नेयमार र एडिन्सन काभानीबीच पेनाल्टी विवाद समेत भएको थियो । काभानीलाई पेनाल्टी प्रहार गर्न नदिएर नेयमार आफैंले हानेका थिए । त्यसपछि उनी रियल मड्रिडमा जाने चर्चा चलिरहेको थियो, र छ ।
पिएसजीका तत्कालिन र आर्सनलका हालका प्रशिक्षक इम्रीले मे मा निष्कर्ष निकालेका थिए, “म्यानचेस्टर सिटीका नेता पेप गर्डिओला हुन् । तर पिएसजी नेता नेयमार हुन् ।”
बार्सिलोना छोडेर गएपछि पनि उनको पूर्व टिममेटसँग घनिष्ट सम्बन्ध छ । हालै उनले स्पेनको प्लेयर ट्रिब्यून वेवसाइटमा जेरार्ड पिकेसँग संयुक्त अन्तर्वार्ता दिएका छन् । उक्त अन्तर्वार्तामा विश्वकप बारेका सम्झना गरेका छन् । उनले भनेका छन्, “म दुई वर्षको थिएँ । मैले टिभीमा विश्वकप हरेको थिएँ । १९९४ को विश्वकपमा रोमारियोले गोल गरेका थिए । होल्याण्ड विरुद्ध रोमारियोले गोल गरेको म अझै सम्झन्छु । उनले बेबेटोको क्रसमा गोल गरेका थिए । २००२ को विश्वकपका बारेमा मलाई सबै याद छ । .. रोनाल्डो..!”
नेयमार रसियामा छैटौं पटक ब्राजिललाई विश्वकप जिताउने अभियानमा छन् । २०१४ मा चोटका कारण विश्वकप आफ्नो र ब्राजिलको अधुरो सपना पूरा गर्न बलियो टोलीका साथ उनी रसियामा छन् । फुटबल विश्लेषकहरूले पनि रसिया विश्वकपको सबैभन्दा बलियो दावेदार ब्राजिल भएको बताइरहेका छन् । नेयमारसँग बलियो टोली छ, उत्कृष्ट प्रशिक्षक छन् र २०१४ बिर्सनु छ ।
(एजेन्सीको सहयोगमा)