भाटभटेनी अनलाइन डटकम अब ई–सेवा पसल डटकम «

भाटभटेनी अनलाइन डटकम अब ई–सेवा पसल डटकम

नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट इन्टरनेसनलले एक्वायर गरेको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो । भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित अनलाइन सपिङ पोर्टल हो ।
विगत ६ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहँुचमा पुराउने उद्देश्यसाथ एक्वायर गरेको एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले बताए । उनले भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर अब ई–सेवा पसल डटकममा सञ्चालन गर्ने जानकारी दिँदै कम्पनीको प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुराउने बताए ।
ई–सेवा पसल डटकमका सीईओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफूहरूले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । उनले अबको भविष्य भनेकै अनलाइन सपिङको हो भन्दै एफवान सफ्टसँगको सहकार्यले कम्पनी धेरै अगाडि बढ्ने पनि जनाए ।

 

प्रतिक्रिया दिनुहोस्