गुराँस लाइफको वार्षिक उत्सवमा अनाथालयलाई कम्प्युटर «

गुराँस लाइफको वार्षिक उत्सवमा अनाथालयलाई कम्प्युटर

 गुराँस लाइफ इन्स्योरेसन शाखा कार्यालय इलामले इलाम नगरपालिका–९ मा रहेको राहशल बाल अनाथालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १० औं वार्षिक उत्सवको अवसरमा कम्प्युटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग वाणिज्य संघ, इलामका अध्यक्ष आनन्द कट्टेललगायतले कम्प्युटर अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरे । सोही कार्यक्रममा सन्दकपुर गाउँपालिका–४ का बिमित मृतक गणेशकुमार राईका परिवारलाई समेत मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो । पाँच लाखको बिमा गरि ३८ हजार जम्मा गरेका राईका परिवारलाई कम्पनीले नगद १० लाखको चेक प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्