सनराइज बैंकलाई ए माइनस इस्युवर रेटिङ «

सनराइज बैंकलाई ए माइनस इस्युवर रेटिङ

सनराइज बैंकलाई केयर रेटिङस् नेपालले ए माइनस ईस्युवर रेटिङ प्रदान गरेको छ । ए माइनस रेटिङ भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्युवर रेटिङ’ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ । केयर रेटिङस् नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक कार्यक्रमका माझ उक्त ए माइनस रेटिङ प्रदान गरेको पत्र हस्तान्तरण गरे । बैंकले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हिताधिकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखीमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ भन्दै बैंकले आफ्ना परिसूचकहरू आगामी दिनहरूमा पनि अझ सशक्त गर्दै लैजाने कुरामा अझै प्रतिबद्घ रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्