Logo

हिमाली जिल्ला डोल्पाका महिनावारी स्वच्छता दिवस

हिमाली जिल्ला डोल्पामा विभिन्न कार्यक्रमको साथ सोमबार महिनावारी स्वच्छता दिवस मनाईएको छ । महिला शसक्तीकरण डोल्पाको आयोजनामा बातावरणीय कृर्षि तथा विकास केन्द्र(केड) को सहयोग, मिसन नेपाल डोल्पा लगायत विभिन्न सँघ सँस्थाहरुको समन्वयमा कार्यक्रम सन्चालन गरिएको हो ।
अति भयो महिनावारीका सवै सीमा तोडौँ,महिनावारी प्राकृतिक प्रक्रिया हो,यो लाज नभई गर्भको विषय हो,यस बारे खुलेर कुरा गरौँ,महिनावारी सम्वन्धी गलत धारणा र अभ्यासको अन्त्य गरौँ भन्ने मुल नाराको साथ दुनै बजार प्रभात र्याली गरिएको छ । छाउपडी तथा छुवाछुत अन्य गर्नका लागी विरेन्द्र चोक दुनैमा जनचेतना मुलक सडक नाटक गरिएको छ।
विभिन्न सरोकारवालाहरुले विभिन्न किसिमका छाउपडी तथा छुवाछुत विरुद्धको कार्यक्रम सन्चलन गर्दा पनी डोल्पा जिल्लामा ६० प्रतिशत महिलाहरु छाउगोठमा बस्ने चलन कायमै रहेको छ । महिनावारी भएको समयमा घरभित्र पसे भान्सा कोठा छोए देविदेवता लाग्ने भन्ने डरले पनी कतिपए महिलाहरु अलग बस्नु परेको मुड्केचुला ६ की चन्द्ररुपा ठकुल्लाले बताईन । डोल्पामा पहिला पहिला महिनावारी भएको समयमा गोठमा बस्ने चलन भएता पनी विस्तारै घरकै एक सफाकोठामा बस्ने चलन भएको स्थानिय शिक्षित यूवा जयराम थापाले बताए ।
डोल्पा जिल्लामा छाउपडी तथा जातीय छुवाछुत अन्त्य गर्नको लागी ८ वटा स्थानियतहरुमा विशेष कार्यक्रम सन्चालन गर्ने जिल्ला समन्य समितिका प्रमुख शेर बहादुर बुढाले बताए । डोल्पा जिल्ला भौगोलीक हिसावले ठुलो,विभिन्न जातजाती बस्ने भएकोले यो कुसस्कार विस्तारै अन्त्य हुने बुढाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्