स्पर्स लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी «

स्पर्स लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी

 स्पर्स लघुवित्त वित्तीय संस्थाले हाल सञ्चालनमा रहेको १५ वटा शाखा कार्यालयको तेस्रो त्रैमासिक समीक्षा तथा आगामी आव ०७५/०७६ को बजेट निर्धारणसम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, संस्थाका सञ्चालक एवं जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै उनले शाखा प्रबन्धक तथा केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखहरूलाई इमान्दारीपूर्वक काम गर्दै संस्थाले दिएको लक्ष्य हासिल गर्न सुझाव दिएका थिए । संस्थाका संस्थापक संचालक डा.सुरेन्द्र न्यौपाने तथा स्वतन्त्र सञ्चालक मेघराज गजुरेल र प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गोष्ठिको उद्देश्य प्रष्टयाउँदै शाखा प्रबन्धकहरूलाई लक्ष्यअनुसार प्रगति हासिल गर्न, अध्ययनशील भई आफ्नो क्षमता विकास गर्न र आफू मातहतका कर्मचारीहरूलाई राम्रो संस्कारको विकास गर्नुपर्ने कुरामा जोड दिएका थिए । गोष्ठी कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका शाखाहरूको तेस्रो त्रैमाससम्मको लक्ष्य तथा प्रगति समीक्षा, लक्ष्यन पुग्नाको कारणहरू र आगामी रणनीतिहरूको बारेमा छलफल भएको थियो भने दोश्रो दिन आगामी आर्थिक वर्ष ०७५/७६ को लागि बजेट निर्माण गर्ने काम भएको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्