स्पेनमा नेपाली दूतावासको सेवा सुरु «

स्पेनमा नेपाली दूतावासको सेवा सुरु

स्पेनको मेड्रीडमा नेपाली दूतावास स्थापना गरी सेवा सेवा विस्तार गरिएको छ । नेपाली दूतावास स्पेनले कार्यालय स्थापना गरी बिहिबारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको हो ।
मेड्रीडमा नेपाली दूतावासले आफ्ना कर्मचारी बाहेक कागजविहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा सुरु गरेको हो । नेपाली दूतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुने कृष्ण पौडेलले जानकारी दिएका छन् । स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा सुरु गरेकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्