पत्रकार महासंघ प्रदेश–४ मा सबै पदाधिकारी निर्विरोध

पोखरा-नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । २१ जनाको सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
क्रान्तिकारी पत्रकार संगठनलगायत पत्रकारका केही संगठनहरुले सिण्डिकेट गरेर ३ ठूला संगठनले मात्र पद बाँडफाँड गरेको विरोध जनाउँदै निर्वाचन कार्यालय तोकिएको पत्रकार महासंघ कास्कीको भवनमा तालाबन्दी गरेपछि चौरमै टेबल राखी मनोनयन गरिएको थियो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभुवन पौडेल (कास्की) निर्विरोध निर्वाचित भएका छन् । उनी प्रेस सेन्टरमा आवद्ध रहेका छन् । त्यसैगरी उपाध्यक्ष खुल्लामा नारायणप्रसाद शर्मा (नवलपुर), समावेशी उपाध्यक्षमा शान्ती गुरुङ (कास्की), महासचिवमा गणेश पौडेल (पर्वत), सचिवमा ईन्द्रप्रसाद पौडेल (कास्की), समावेशी सचिवमा रुद्र श्रीस मगर (कास्की) र कोषाध्यक्षमा दीपक भट्टराई (नवलपुर) विजयी भएका छन् ।