Logo

पेल्ट्रिक सेटबाट गाउँ झलमल्ल

 मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित सिदामखोलाको पानी प्रयोग गरी पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरिएको छ ।
सिदामखोला पेल्ट्रिक सेट आयोजनाबाट विद्युत् उत्पादन हुन थालेपछि गाउँ नै झलमल्ल भएको छ । राक्सिराङ गाउँपालिकाको अनुदान र स्थानीयको जनश्रमदानमा साढे दुई किलोवाट विद्युत् उत्पादन गरिएको हो । विद्युत् उत्पादनपछि स्थानीय सिदाम र तिलवारीका तामाङ र चेपाङ समुदायका ४० घरपरिवार लाभान्वित भएका छन् । बिजुली बल्न थालेपछि स्थानीयले टुकी बत्तीबाट मुक्ति पाएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । बत्ती आएपछि टिभी हेर्न, रेडियो सुन्न र मोबाइल चार्ज गर्न सहज भएको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामशरण दोङलेले खुसी व्यक्त गरे । गाउँपालिकाको चारलाख अनुदान र स्थानीयको ४० हजार बराबरको श्रमदान गरी चार लाख ४० हजार रुपैयाँको लागतमा पेल्ट्रिक सेट निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्