एनआईसी एसिया क्यापिटल निःशुल्क ‘लगानी सचेतना अभियान’मा सक्रिय

लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एसिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ सञ्चालन गर्दै आएको जनाएको छ । सो अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यावहारिक तथा आधारभूत पक्षहरूका बारेमा जानकारी गराउँदै आएको भन्दै विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा महिलाहरूको सुनिश्चित आर्थिक भविष्यका लागि लगानीले पु¥याउन सक्ने योगदानलाई आत्मसात गर्दै एनआईसी एसिया क्यापिटलले निःशुल्क रूपमा सो अभियान सञ्चालन गर्दै आएको पनि बताएको छ ।
यो अभियानअन्तर्गत हालसम्म २० भन्दा बढी संस्थामा एनआईसी एसिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ र इच्छुक समूह तथा संस्थाहरूले सो कार्यक्रम आफ्नो संस्थामा गराउनका लागि सम्पर्र्क गर्न सक्ने बैंकले जनाएको छ ।