ग्लोबल आइएमईको एटिएम सेवा उदयपुर जिल्ला अदालतमा «

ग्लोबल आइएमईको एटिएम सेवा उदयपुर जिल्ला अदालतमा

ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको बैकले जनाएको छ ।
उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्