कोरोना महामारीले जापानमा ४० हजार व्यक्तिले रोजगार गुमाए «

कोरोना महामारीले जापानमा ४० हजार व्यक्तिले रोजगार गुमाए

टोकियो, जापान –जापानमा विकराल रुप लिएर फैलन थालेको नयाँ कोरोना भाइरस संक्रमणका कारण दशौंहजार व्यक्तिले रोजगारी गुमाउन थालेका छन् ।यहाँको श्रम मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म जापानमा कोरोना संक्रमणको असरकै कारण ४० हजार भन्दा धेरै व्यक्तिले जागरि गुमाईसकेका छन् ।
सन् २०२० जनवरीको अन्त्यदेखि जुलाई २९ तारिकसम्ममा ४० हजार ३२ जनाको रोजगारी सम्झौता नवीकरण नभएको, जागिर गुमाएको वा अन्य कारणले काम छाड्नु परेको तथ्यांकमा उल्लेख छ ।औपचारिक तथ्यांकमा ४० हजार नाघेपनी यो संख्या धेरै बढी रहेको ठानिएको छ ।जागिर गुमाउनेहरुमा करिब १५ हजार जना अस्थायी कर्मचारी र पार्ट टाइम काम गर्नेहरु रहेका छन् ।विशेषगरि होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरुले आफ्नो रोजगारी गुमाएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
त्यस्तै निर्माण क्षेत्रमा काम गर्नेहरु समेत बेरोजगार बन्ने क्रम बढ्दो छ ।मन्त्रालयले जुलाई २९ तारिकसम्ममा करिब ५ लाख व्यवसायीहरुलाई सरकारी राहतका लागि दिएको आवेदन स्वीकृत गरिएको बताएका छन् ।कर्मचारीहरुको जागिर जोगाउन र ब्यबसाय जोगाउनको लागि जापान सरकारले व्यवसायीहरुलाई सरकारी राहत लिनका लागि अनुरोध गरिरहेका छन् ।कोरोना महामारी बढ्दै जान थालेपछी रोजगारी गुमाउनेको संख्यामा थप बृद्धिहुँदै जाँने र बेरोजगार युवाकरुहको संख्या पनी बढ्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्