Logo

आईएमएसले बढायो स्मार्ट डोकोमा लगानी

आईएमएस ग्रुपले स्मार्टडोकोमा लगानी बढाएको छ । ग्रुपले स्मार्टडोकोमा आफ्नो हिस्सा बढाउन निश्चित सम्झौता गरेको हो । स्मार्टडोको नेपालको ई–कमर्स प्लेट फर्ममध्ये एक हो । कम्पनीले पछिल्लो चार वर्षदेखि सेवा प्रदान गर्दै आएको छ ।
नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्ट फोन र अनलाइन क्षेत्रमा तीब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको आईएमएस ग्रुप अध्यक्ष दिकेश मलहोत्राले बताए । त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप लगानी गर्ने निर्णय गरेको हो ।
उनले वेबसाइट र मोबाइल एपलाई सुधार गरेर स्मार्टडोको प्रयोगकर्तालाई सहज र आकर्षक इन्टरफेसको अनुभव गराउने योजना सुनाए । यससँगै स्मार्टडोको पुनः ब्रान्डिङका लागि आईएमएसले स्मार्ट डोकको नयाँ लोगो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्