मुगुका कांग्रेस सभापतिद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण «

मुगुका कांग्रेस सभापतिद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मुगु जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, पत्रकार र वित्तीय संस्थाहरूलाई स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ । नेपाली कांगे्रस जिल्ला कार्यसमिति मुगुका सभापति खड्कबहादुर शाहीले मुगु जिल्लामा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तीय संस्था र पत्रकारहरूलाई सोमबार स्वास्थ्य सामग्र्रीहरू हस्तान्तरण गरेका थिए ।
कोरोना भाइरस (कोभिड–१९) कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरूमा नफैलियोस र सेवा प्रदायक कर्मचारीहरूले यो विषम परिस्थितिमा पनि ढुक्कसँग जनतामा सेवा प्रवाह गर्न सकोस् भनेर आफूले कार्यालयहरूलाई पीपीई सेट, थर्मगन, सेनिटाइजर, माक्स, रोग प्रतिरोधात्मक औषधि सहयोग गरेको पार्टी सभापति शाहीले बताए ।
उनले भने जिल्लामा रहेका २१ वटा बंैक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामग्री वितरण गरेका छांै । सभापति शाहीले लकडाउनका बेला काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा अलपत्रप परेका १, हजार ७ सय ७६ सर्वसाधारणलाई राहत सामग्री वितरण गरे भने भारतबाट नेपाल आउँदा नाकामा अलपत्र परेका मुगालीहरूलाई जिल्लामा ल्याउन पहल गरेका थिए ।
जिल्लामा क्रियाशील राजनैतिक दलहरू गुमनाममा रहेका बेला जिल्लामा पुगेर स्थानीय सरकारी, सरकारी तथा बैंक वित्तीय संस्थालाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्दा स्थानीय तथा कर्मचारीहरू खुसी भएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबलबहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामग्रीले मात्र कोरोना रोकथाम, नियन्त्रण, उपचार र राहतमा पर्याप्त नहुने भएकाले यो कार्यमा नेपाली कांगे्रसले गरेको सहयोग थप बल प्रदान हुने बताए ।
कार्यालयमा सर्वसाधारण आउँदा सेवा दिँदा र लिँदा दुवै पक्ष डराउनु पर्ने अवस्था थियो पीपीई सेट, थर्मलगन र अन्य स्वास्थ्य सामग्रीहरू पाएका छौं  अब कार्यालयमा एक फोकल पर्सन तोकेर गेट मै सेवाग्राहीको तापक्रम लिने र सेवा दिने काम गर्छौं भेटनरी तथा पशुसेवा अस्ताल मुगुका प्रमुख भीमचन्द्र बूढाले बताए ।
कार्यक्रममै सभापति शाहीले मारवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निःशुल्क प्रदान गरिएको औषधिसमेत वितरण गरे । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधि उपलब्ध गराएको छ ।
औषधिलगायत अन्य सामग्री मुगु जिल्लामा रहेका ४ स्थानीय तहहरूमध्ये सोरु गाउँपालिकालाई हस्तान्तरण गरिसकेको र बाँकी स्थानीय तहहरू छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकालाई निकट दिन मै उपलब्ध गराउने र स्थानीय तहहरूमार्फत ती सामग्रीहरू स्थानीय जनताले पाउने पनि सभापति शाहीले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्