Logo

जनता समाजवादीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भएर बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन् । महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने गरी आयोगमा दल दर्ताको निवेदन दिइएको छ । पार्टीको वरियता क्रममा पहिलो नम्बरमा ठाकुरको नाम रहेको छ भने डा. बाबुराम भट्टराई चौथो नम्वरमा छन् । दोस्रो र तेस्रो नम्बरमा क्रमशः अशोक राई र राजेन्द्र महतो छन् ।
यसअघि संघीय समाजवादी पार्टीमा भट्टराई पहिलो वरियतामा थिए । आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।

गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो । भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत कागजात नपुगेकोले दर्ता भएको थिएन ।
दल दर्ताको लागि निवेदन दिएसँगै पार्टीले घोषणापत्र पनि सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्