वाम सरकारको तेस्रो वर्षको नीति तथा कार्यक्रमः कोरोनाले बदलियो प्राथमिकता

वाम सरकारले कोरोना प्रकोपका कारण संकटमा परेको अर्थतन्त्र उकास्न आगामी आर्थिक वर्ष फजूल खर्च नगर्ने घोषण सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले कोरोना भाइरस संक्रमणको कहरवीच प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । सरकारले चालु आर्थिक बर्षलाई इतिहास कै तिव्र्र विकासको बर्ष बनाउने गरेको घोषणामा कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको भन्दै अर्थतन्त्र उकास्न आगमाी बर्ष प्राथमिकता बढलिएर फजूल खर्च रोक्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रलाई उत्पादनमूलक, आत्मनिर्भर, रोजगारमुखी र निर्यातमूलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गर्ने तथा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्रउत्थान आगामी कार्यदिशा हुने बताइन् ।
नीति तथा कार्यक्रममा शैक्षिक बेरोजगार युवाहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा प्रोजेक्टमा आधारित सुरुवाती पुँजी उपलब्ध गराई व्यवसाय सञ्चालन गर्न प्रोजेक्ट निर्माण गर्न सहयोग गर्ने पनि अठोट गरेको छ । यस्तै, वैदेशिक रोजगारीबाट गएका श्रमिकलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्धता गराउने तथा रोजगार गुमाएकालाई स्वदेशमा नै रोजगारीको सुनिश्चित गर्दा गरिविका कारण भोको कोही पर्दैन् भोकले कोही मर्दैन् भन्ने नारा सार्वजनिक गरेको छ ।
राष्ट्रपती भण्डारीले झण्डै तीन घण्टा लगाएर प्रस्तुत गरेको २७६ बुँदे कार्यक्रममा सडक, रेल, जलमार्ग, विमानस्थल, खानेपानी, सिँचाई लगायतका थुप्रै ठूला पूर्वाधार निर्माणका पूराना कार्यक्रमले पनि निरन्तरता दिएको छ । कोरोनाको कारण ठूलो आकारको बजेट नल्याउन सुझाव आइरहेको बेला सरकारले थेक्नै नसक्ने गरी कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।
तर, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई निवन्धको संज्ञा दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद भवन बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले प्राथमिकता गुमाएको भन्दै नीति तथा कार्यक्रमलाई निवन्धको संज्ञा दिएका हुन् ।
यस्तै, सतारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दहालले पनि नीति तथा कार्यक्रममाथि समर्थन गर्दै कार्यन्वयन गर्न चूनौती रहेको बताए ।