आन्तरिक पर्यटन उकास्न बुद्ध एयरको प्याकेज

आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले होलिडे प्याकेज ल्याएको छ । लकडाउन खुलेपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि २ वटा होलिडे प्याकेज ल्याएको बुद्ध एयरले जनाएको छ ।
काठमाडौमा मंगलबार पत्रकारसँगको भेटघाटमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा र चितवनलाई लक्षित गरेर आन्तरिक पर्यटकलाई टेवा पु¥याउने उद्देश्यले बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले दुईवटा प्याकेज ल्याएको बताए । उनले भनेण्, “काठमाडौंका ३० प्रतिशत आन्तरिक पर्यटकले पोखरा र चितवन गन्तव्य ओगट्ने गरेको छ, यसै आधारलाई मध्यनजर गरेर पहिलो चरणमा काठमाडौंबासीलाई पोखरा र चितवनमा आर्कषक प्याकेज ल्याएको छ ।”
पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलको साझेदारीमा पर्यटन प्रवद्र्धन गर्ने छ । संक्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि ‘सांगठनिक लिखित निर्देशिका’ तयार पारेर उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार जुन १ तारिखबाट बजार व्यवस्थापन गरी प्याकेज कार्यान्वयनमा लगिनेछ जनाएको छ भने सरकारले लकडाउनको अवधि बढायो भने सोही अनुसार प्याकेजलाई पछाडि सारी नयाँ मिति तय गर्ने बुद्ध एयरको भनाइ छ । लकडाउन पछि धरासायी बनेको उड्डयन र पर्यटन क्षेत्र आन्तरिक पर्यटकले केही हदसम्म उकास्न मद्धत पुग्ने र अर्थतन्त्रलाई चलयमान बनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।
लकडाउनपछि सुरुवाती महिनामा काठमाडौंका आन्तरिक पर्यटकलाई ‘सुरक्षित निर्देशिका’ अन्तर्गत चितवन र पोखरामा सुरक्षित अवतरण तथा यात्रा गराउन सक्यौं पर्यटनका लागि एउटा ठूला उदाहरण बन्न सक्छन् । यसैगरी हामी निकट भविष्यमै चीन र भारतीय पर्यटकलाई यस्तै उदाहरण देखाई ठूलो संख्यामा भित्र्याउन सकिने विश्वास एयरको छ । “सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी प्याकेज कार्यान्वयनमा ल्याउने छौं बस्नेतले भने, “सरकारले बनाएको मापदण्ड अक्षरशः पालना गर्दै स्वास्थ्य सुरक्षा सजकता अपनाएर बुद्धले उडानभरी प्याकेज सेवा प्रदान गर्ने छौं ।”
बुद्ध एयरले काठमाडौं–पोखराको २ दिने प्याकेजमा प्रतिव्यक्ति ५ हजार ९९९ रुपैयाँ कायम गरेको छ । यसमा दुईतर्फी हवाई टिकट, बस्नका लागि होटलको व्यवस्था र एयरपोर्ट पिकअप, ड्रप र खाजाको व्यवस्था गरिएको छ । त्यस्तै २ दिने काठमाडौं–चितवनका लागि प्रतिव्यक्ति प्याकेज ल्याइएको छ । जसको मूल्य १३ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, भरतपुर विमानस्थलबाट सौराहका होटलसम्म पिक अप र ड्रप सेवा उपलब्ध हुनेछ भने होटलमा खाना र बस्नको व्यवस्थासँगै जंगल सफारी र थारु कल्चरल शोसहितको अतिथि सेवा प्रदान गर्ने छ ।
बुद्धले पोखरामा बाटिका, बाराही, जलमहल, लेकसाइड रिट्रेड, ल्यान्डमार्क र चितवनमा जंगल सफारी लज र ग्रीन पार्क होटल संगको सहकार्यमा प्याकेज ल्याएको जनाएको छ ।
काठमाडौं, पोखारा र चितवनमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न र सुरक्षित घुमफिरको उत्साहको अभियान सिर्जना गर्न सकेको खण्डमा आगामी दिनमा छिमेकी मुलुक चीन र भारत लाई आकर्षित गर्न टेवा पुग्ने बस्नेतको भनाइ छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण हवाई सेवा प्रभावित भएपछि सुरक्षा निर्देशिका जारी गर्दै रणनीतिक योजनासहित आन्तरिक पर्यटकलाई उत्साह प्रदान गर्न प्याकेज ल्याएको बुद्ध एयरले जनाएको छ ।