एनएमबी बैंकले प्रदेशलाई दियो पीपीई

कैलाली- कोरोना भाइरसविरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एनएमबी बैंकका प्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई १०० थान पीपीई हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ ।
कोरोना भाइरसबाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरू आरम्भ गरेको बताइएको छ । सामाजिक उत्तरदायित्वअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरिएको एनएमबी वैंक धनगढी शाखा प्रबन्धक अमन जोशीको भनाइ छ ।