Logo

मंगलबार ६ आन्तरिकसहित १ अन्तर्राष्ट्रिय उडान

मंगलबार उद्धारका लागि ७ उडान भएका छन् । आन्तरिकमा ३ हेलिकप्टरसहित ६ उडान भएको थियो भने अन्तर्राट्रियमा १ उडान भएको त्रिभूवन अन्तर्राट्रिय विमास्थल कार्यालयको ब्रिफिङ शाखाले जनाएको छ ।
तारा र समिट एयरले १७ नेपाली सहित १५ विदेशी नागरिकको लुक्लाबाट उद्धार गरि काठमाडौं ल्याएको नेपाल पर्यटन बोर्डका सिनियर अफिसर सुधन सुवेदीले बताए । सुवेदीले भने, “उद्धार गरिएका नागरिक ब्रटिस–३, जापनिज–१, क्यानेडियन्–१, नेदरल्यान्ड–२, स्विडेन–१, जर्मन–३, अष्ट्रिेलियन–४, र १७ नेपालीको उद्धार गरिएको छ ।” नेपालीमा पथयात्राका सहयोगी तथा पथ प्रदर्शक छन् ।
यता संखुवासभाबाट ५ विदेशी नागरिकसहित अन्य नेपाली पथप्रदर्शकको पनि उद्धार गरिएको बोर्डका निर्देशक लीला बानियाँले बताए । आन्तरिक उद्धारमा सोमबार नै अनुमति दिएको उद्धार मंगलबार बानियाँको सकिएको भनाइ छ । केही अमेरिकन नागरिकसहित अन्य देशको नागरिक पनि छुटेको हुन सक्ने बताउँदै बानियाँले भने, “थप केही उद्धारका उडान हुन सक्ने संकेत गरे ।”
हेलिकप्टरमा कैलास–२, एयर डाइनेस्टिक–१ र तारा र नेपाल वायुसेवा निगमका उडान भएका थिए ।
अन्तर्राट्रियमा कतारबाट आएको चार्टर विमानल नेपालमा रहेका ३ सय २ अमेरिकन नागरिकलाई स्वदेश फिर्ता भएका छन् । सरकारले लकडाउन गरेसँगै ती नागरिक (पर्यटक) गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका थिए । मंगलबार ती पर्यटकलाई कतार एयरवेजको वाइडबडी विमानमार्फत स्वदेश फिर्ता गर्नका लागि उडान भरेका थिए । मंगलबारसम्म लकडाउनको यता करिब २० देशका एक हजार २ सय ५५ पर्यटकको उद्धार गरिसकेको बोर्डका निर्देशक बानियाँले बताए ।

 

प्रतिक्रिया दिनुहोस्