दश वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकमा पुयाउने घोषणा गरेको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार घोषणापत्र जारी गर्दै राप्रपाले १० वर्षभित्रमा आर्थिक वृद्धिदरलाई १० अंकभन्दा बढी पु¥याउने उद्घोष गरेको हो ।
घोषणापत्रमा देशको समग्र आर्थिक अवस्था सन्तोषजनक नभएको जनाइएको छ । आर्थिक समृद्धिको मुख्य आधार आर्थिक वृद्धि भएकोे र गत वर्ष आर्थिक वृद्धि सकारात्मक देखिए पनि सरकारी तथ्यांकअनुसार नै विगत १० वर्षको सरदर आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको उल्लेख छ । ‘३० वर्षे दिर्घकालीन राष्ट्रिय विका कार्ययोजना’ तयार पारी आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गरिने राप्रपाले बताएको छ । सोही कार्ययोजनामार्फत आर्थिक वृद्धि १० प्रतिशतभन्दा माथि पु¥याउने, १५ वर्षभित्र देशभित्रै रोजगारीको अवसर सिर्जना गरी कामको लागि विदेश जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य तथा गएकाहरुलाई स्वदेश फर्कन उत्प्रेरित गर्ने उल्लेख गरिएको छ ।
यसैगरी घोषणापत्रमा ३० वर्ष भित्रमा प्रतिव्यक्ति आय विकसित देशको दाँजोमा पु¥याउने उल्लेख छ । ३० वर्षभित्र वैदेशिक ऋण शून्यमा झार्ने घोषणासमेत गरिएको छ ।
गरिबी निवारणको दीर्घकालीन लक्ष्य हासिल गर्ने क्रममा प्रत्येक नेपाली जनताको निमित्त आवास, भोजन, रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न राप्रपाले मुख्य पाँच प्राथमिकता र राष्ट्रिय आवश्यकताको रुपमा दिएर त्यसको परिपूर्तिका निमित्त युद्धस्तरमा काम गर्ने बताएको छ ।
१२ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विशेष कार्ययोजना सञ्चालन गर्नेलगायत योजना घोषणापत्रमा समावेश छन् । त्यस्तै, खेती किसानीलाई नाफामूलक तथा आयवृद्धिको पेशा बनाउन राप्रपाले कृषि क्षेत्रको विविधिकरण तथा कृषिजन्य उद्योग तथा ग्रामीण औद्योगिकीकरणमा जोड दिएको छ । खाद्य सुरक्षा तथा खाद्यान्नमा आत्मनिर्भरता कायम गर्न दीर्घकालीन योजना कार्यान्वन गरिने घोषणापत्रमा उल्लेख छ । रासायनिक मलको आपूर्ति सहज तुल्याउन देशभित्रै कारखाना स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।
साना तथा मझौला किसानलाई सहुलियतपूर्ण दरमा ऋण, ७० वर्षभन्दा माथिका किसानलाई पेन्सनको व्यवस्थालयात योजनासमेत अघि सारिएको छ । राप्रपाले कृषि, पूर्वाधार विकास, उद्योग, वाणिज्य, सञ्चार, पर्यटन एवं ऊर्जा प्रवद्र्धनजस्ता क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाएको छ ।
काठमाडांै–हेटौंडा जोड्ने सुरुङमार्ग, काठमाडौं–जुम्ला राजमार्ग, काठमाडांै बाहिरी चक्रपथ, तराईको मेची– महाकाली हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, काठमाडांै–तराई फास्टट्रयाक, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायातको सञ्जाल निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
निजगढमा काठमाडांैको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने र विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी विमानस्थलको स्तरोन्नति गर्ने योजना राप्रपाको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग, वीरगन्ज–केरुङ–सुवागढी विद्युतीय रेलमार्ग तथा सीमावर्ती क्षेत्रहरुमा लिंक रेलमार्ग निर्माण गरिने घोषणापत्रमा बताइएको छ ।
राप्रपाले सदाको लागि लोडसेडिङ अन्त्य गर्नेगरी कार्ययोजना तयार गर्ने र प्रत्येक नेपालीको घरमा बिजुली पु¥याउन प्रयास गर्ने जनाएको छ । राष्ट्रिय प्रसारण प्रणालीबाट मात्र नभई सोलार एवं अन्य वैकल्पिक ऊर्जाको माध्यमबाट समेत बिजुली उपलब्ध गराउने योजना अघि सारिएको छ ।