उद्यमशीलका लागि डिजिटल साक्षरताको रोडम्याप «

उद्यमशीलका लागि डिजिटल साक्षरताको रोडम्याप

संसारलाई समग्ररूपमा बदल्न लागेको डिजिटल प्रविधिलाई आत्मसात गर्ने प्रक्रियालाई विश्व मानव समुदायको अन्तिम पंक्तिमा खडा भएको व्यक्तिहरू माझ पु-याउने आवश्यकता सबैले महशुस गरेका छन् । डिजिटल प्रविधि मानिससँग निरन्तर जोडिएर रहने विषय वस्तु बन्न पुगरिहेको छ ।
स्नानघरदेखि शयनकक्षसम्मका अधिकांश गतिविधिलाई अलेक्सा वा सिरी जस्ता पर्सनल अस्टिटयान्टको मद्दतले मानिसहरूले सहजै पूरा गर्ने भएका छन् । त्यसका लागि व्यक्ति वरिपरिका वस्तुहरू प्रविधिमा आधारित उपकरणसँग जोडिएको हुनुपर्छ । वा भनौ अलेक्सा वा सिरी जस्ता पर्सनल असिस्टयान्टले दिइएको आदेश पालन गर्न प्राविधिक प्रणालीको प्रयोग गर्न सक्छ । यो विधि स्वचालनमा आधारित विधि हो । स्वचालन वा अटोमेशन विधि हो । अटोमेशनको सीधा असर श्रमशक्तिमा पर्छ । अहिले कोरोना भाइरस प्रभावित चीनको हुबेइ प्रान्तमा यस्तै अटोमेशन प्रविधिको प्रयोगबाट रोबोट र ड्रोनको माध्यमबाट बिरामीको उपचार गरिएका तस्बिर सार्वजनिक भइरहेका छन् ।
जर्मनीको कुरो गर्ने हो भने अटोमेशनले त्यहाँको ५९ प्रतिशत रोजगार प्रभावित हुने भएको छ भने ४७ प्रतिशत अमेरिकाको विद्यमान रोजगार खतरामा पर्ने देखिएको छ । कृत्रिम बौद्धिकता वा एआइको उदयबाट कम्प्युटरले गरिने कामले यस्तो जोखिम बढाएको हो । अमेरिका कम्प्युटर प्रणालीमा चलेको देश हो । यो प्रणालीको बृहत्तर प्रयोगले यहाँ द्रुतगतिले रोजगार विस्थापित भइरहेको देखिन्छ । कलेज डिग्रीको अभावमा यस्तो क्षेत्र भइरहेको परिवर्तनले अधिकांश सहयोगी कामदारको रोजगार विस्थापित भइरहेको छ ।
प्रविधिको विकाससँगै सीप स्थिरता बढिरहेको छ । परिणामतः आउने वर्षहरूमा आधा भन्दा बढी कामदारलाई फेरि महत्वपूर्ण तालिम दिनुपर्ने हुन्छ । डिजिटल उत्पादनको निर्माण गर्न सबै कामदारले बिना निर्देशन डिभलपरहरूलाई सहयोग गर्नैपर्ने अवस्थामा हुनुपर्नेछ । नयाँ सीप र परिवर्तनको बुझाइ आवश्यक हुन्छ । लिंकेडइनले अर्को दशकका लागि बढाइरहेको गतिको चश्माले हेर्दा सिर्जनशीलता, प्रोत्साहन, समन्वय, अंगीकरण भावनात्मक बौद्धिकता जस्ता नरम सीप (सफ्ट स्किल)मा सुधार गर्दै जानु हो जसलाई प्रविधिले केन्द्रीत गरेको कठोर सीप (हार्ड स्किल)को समूहमा जोडिएर लानु हुन्छ ।
अझ भनौं, परिवर्तनहरूका लागि योजना बनाउनु एक जटिल चुनौती हो । हाम्रो समाजले प्रणालीहरूको प्रणालीलाई प्रतिनिधित्व गर्छन् । श्रमशक्तिमा हुने परिवर्तनले जटिल सामाजिक असरहरूलाई स्वाभाविक असर हुने भन्दा टाढाको असरहरूलाई जम्मा गर्न सक्छ । डिजिलीकरणको एक महान उदाहारण बैंकमा दैनिक हुने कुनै प्रधान कार्य हुन्छ वा लिन सकिन्छ ।
अहिले प्रयोगमा रहेको आवश्यक परेका बेला रकम झिक्न सक्ने मेसिन एटीएमको प्रयोगले रोजगार बढायो । परम्परागतरूपमा हुने रोजगार परिवर्तन भए र नयाँ भूमिकाहरू विकसित भए । उपभोक्ताले सामना गरिरहेको चुनौती र विकसित सीपहरूको रूपमा काम गर्न बिक्री र उपभोक्ता सेवा प्रतिनिधिहरूको विकास गरायो । बैंकहरूलाई एटीएमको प्रयोग गरी न्यून लागतमा धेरै शाखा खोल्न बैंकहरू प्रोत्साहित भए । यसको परिणाम बैंकमा थप कामदारको रोजगार थपियो ।
परिवर्तनलाई प्राप्त गरिरहने विषयलाई तीन किसिमले व्याख्या गर्न सकिन्छ । पहिलो विषय भनेको सही नेतृत्वको विषय हो । अर्थशास्त्रीहरूलाई परिवर्तनका लागि सही वातावरण स्थापना गर्न, उत्पादकत्व उच्च गर्ने समग्र कारणहरूमा ध्यान केन्द्रीत गर्ने विषयमा सवाल सोधिरहेका बेला सफल संगठन निर्माण गर्न मूर्त तथा अमूर्त दुबै खाले कठोर तथा नरम सीपसहितको व्यवहारिक प्रवन्धनका बारेमा पनि समानरूपले ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । समग्र खोजहरूले सर्वोत्तम मानिसलाई संरचनागत प्रवन्धकीय व्यवहारका लागि राम्रो भन्दा राम्रो काम गरिरहने गरी र आउँदा दिनमा अझ राम्रो काम गरिरहन काममा लगाउने विषयमा जोड दिन्छन् । डिजिटल अर्थतन्त्रको बारेमा एमआइटी अभिप्रेरणासम्बन्धी अध्ययनले व्यावसायिक नेतृत्व, भौतिक एवं समन्वयको तीव्रता जस्ता विषयहरू व्यावसायिक ज्याला र रोजगार वृद्धिको पूर्वानुमान गर्ने सर्वाधिक महत्वपूर्ण पूर्वानुमानकर्ताहरू हुन् ।
कुनै कम्पनीको सूक्ष्म तहका अभिप्रेरणाहरू बाहेक सरकारी अभिप्रेरणाहरू आफूलाई उदाहरणको रूपमा देखिन सकिन्छ । अमेरिकाको सन्दर्भमा त्यहाँको मजदुरहरूका लागि गरिएका प्रतिबद्धतालाई उदाहरणको रूपमा लिन सकिन्छ । १ करोड ४० लाख अमेरिकी मजदुरहरूलाई ३७० अमेरिकी कम्पनीहरूले पुनर्ताजगी तालिम दिने प्रतिबद्धता जनाएका छन् । आगामी ५ वर्षका लागि प्रविधिमा आधारित रोजगारमा रहन उनीहरूले गरेको यो प्रतिबद्धतालाई संघीय उदहारणको रूपमा लिन सकिन्छ ।
सही संचरना अर्को विषय हो । यसले सीपका नाउँमा रोजगारका लागि चाहिने अमूर्त उपकरण विषयमा विशेष ध्यान दिन्छ । कुनै संगठनमा सीपको सघनता र योग्यताको परिचालन भए त्यसले त्यो संगठनलाई मुनाफा दिलाउने महत्वपूर्ण साँचो भएको मानिन्छ । आफ्नो ठूलो जनशक्तिलाई ठूलो परिमाणमा पुनर्ताजगी तालिम दिनु भन्दा पनि कम्पनीहरूले यस्ता विषयमा जानकार विज्ञहरूको एक एकाइलाई क्रियाशील हुने गरी कम्पनी भित्र स्थापना गर्ने गर्छन् । जसलाई विज्ञहरूको केन्द्र वा सेन्टर फर एक्सलेनस भनी बुझ्न सकिन्छ । सफ्टवेयर विकास टोलीको सन्दर्भमा विशिष्ट सीपहरू विशिष्ट प्रकारका विकाससम्बन्धी गतिविधिका लागि केन्द्रीत गरिन्छ । अनि संगठनभित्र बहु उत्पादन टोली उपलब्ध हुन्छ । पुनर्ताजगी कामदार तालिम जस्ता अभिप्रेरणाहरू प्राविधिक सफ्टवेयर विकाससम्बन्धी सीपमा विकास गर्न गति दिइने गरिएको छ । यो काम यस्ता एकाइले गर्दै आएका छन् ।
यो अवधारणालाई स्वचालन उद्योगका कार्यान्वयन गर्नुपर्ने विवरणात्मक परिदृश्यलाई व्यवहारमा लिइएको पाइएको छ । सेन्टर फर एक्सलेन्सलाई असरकारी बाटोको रूपमा प्रस्तुत गर्दा यो केन्द्रले कम्पनीको उद्देश्य तथा अभियानलाई अग्रपंक्तिमा अगाडि बढाउने केन्द्रको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ । यो टोली प्राविधिक सीप भएका विज्ञहरूसँगै मानवीय सीपसहितको संयुक्त टोली हुनेछ । यसले कम्पनीको संरचनालाई परम्परागत विरासतबाट परिवर्तन गराउन योगदान दिनेछ ।
स्वचालनको विषयमा सही दृष्टिकोणसम्बन्धी विषय पनि महत्वपूर्ण विषय हो । एमआइटीका प्राध्यापकहरूले मानव रोबोटबीचको अन्तरक्रियासम्बन्धी अनुसन्धानलाई द्रुतगतिमा अघि बढाएका छन् । उनीहरूले यसलाई ‘सुपर ह्युमान’को पद सिर्जना गरेका छन् । सुपरह्युमनको उद्देश्य भनेको मेसिनसँग समन्वय गरी काम गर्न सकिने क्षमता प्राप्त गर्नु हो । परिणामस्वरूप, श्रमशक्तिको तालिम र मेसिनसँग काम गर्न कुनै व्यक्तिलाई सक्षम बनाउनु क्षमता प्राप्त गर्नु हुन्छ । सीप तालिमले सीपमा केन्द्रीत हुनेछ । यसले स्वचालित अस्टियान्टहरूसँग समन्वय गरी मानव शक्ति बलियो पार्ने विषयलाई जोड दिन्छ ।
त्यो भनेको समग्र मानिसलाई अलेक्सा वा सिरी जस्ता स्वचालित असिस्टयान्टसँग आफूलाई चाहिएको काम गराउन सक्ने सक्षमताको विकास गर्नु हुन्छ । अझ स्पस्ट भन्नु पर्दा तपाईको मुखबाट ‘अलेक्सा, ढोका खोल न’ निस्के लगतै तपाईंले खोल्न चाहेको ढोका खोल्न सकिने सक्षमताको प्राप्त गर्न पाउने विषय नै उद्यमशील संसारमा डिजिटल साक्षरता हो ।

प्रतिक्रिया दिनुहोस्