Logo

लक्ष्मी बैंक र वेस्ट कन्सर्नको क्लिन अप अभियान

क्लिन अप नेपालद्वारा बिहीबार कमल पोखरीस्थित क्यूएफएक्स कुमारी हलमा वार्षिक देशव्यापी अभियानअन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरियो । यस समारोह क्लिन अप नेपालले प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो । वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो ।
सो प्रतियोगिताका लागि, नेपालभरि रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए । उपलब्ध गराइएका १७ नाटकमध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरियो भने बाँकी रहेका १४ वटा नाटक माहनागरिय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ ।
उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको विजेताहरूलाई पुरस्कृत गर्न गरिएको थियो । उक्त समारोहमा क्लिन अप नेपालद्वारा आफूले सञ्चालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप, जेरो वेस्ट इन स्कुल र प्रेसिअस प्लास्टिकका बारेमा पनि प्रकाश पारियो । नाटक प्रतियोगिताअन्तर्गत भिडियो निर्माण गरिएको विजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेस्रो विजयी नाटकलाई स्टेजमा विमोचन पनि गरियो ।
सोही समारोहमा जेरो वेस्ट परियोजनाअन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका बिजेतालाई पनि पुरस्कृत गरियो । समारोहका प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै, आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबै माझ सुझाव दिए । सँगसँगै आउने दिनमा केही सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उपस्थित महानुभावहरूमा यस अभियानका सहयोगी दाता लक्ष्मी बैंक, वेस्ट कन्सर्न, टिम क्येस्ट, द एसिया फाउन्डेसन, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अन्य संस्था तथा विद्यालय सहभागी हुनुहुन्थ्यो । लक्ष्मी बैंक र वेस्ट कन्सर्न यस वर्ष २०७६ देशव्यापी अभियानका मुख्य सहयोगी दाताहरू हुन् ।

 

प्रतिक्रिया दिनुहोस्