Logo

मुगुमा कोरोना भाइरसबारे सचेतना

मुगु– हिमाली जिल्ला मुगुमा नोवेल कोराना भाइरसका बारेमा सचेतना कार्यक्रमअन्तर्गत -याली गरिएको छ । प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सोमबार मुगु सदरमुकाम गमगढीमा भाइरसबाट बच्ने उपायका बारेमा जनचेतना जगाउँदै बजार परिक्रमा गरी नागरिकलाई सचेतना गराइएको हो
छिमेकी देश चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु गराउने कोरोना भाइरसको संक्रमण चीनसँग सिमा जोडिएका जिल्लामा फैलन सक्ने भन्दै सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर नहकुल शाहीले कोरोना भाइरसबाट कसरी बच्ने, यसका लक्षणका बारेमा नागरिक स्तरमा प्रष्ट पारे । मुगु सदरमुकाम गमगढीबाट चिनको सिमा ९४ किलोमिटर टाढा छ ।

प्रतिक्रिया दिनुहोस्