Logo

बाँके निकुञ्जमा जंगल सफारी शुरु

प्रदेश ५ मा नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय शुभारम्भ बर्दियाको ठाकुरद्वाराबाट गरीएको छ । प्रदेश ५ मा नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय शुभारम्भ बर्दियाको ठाकुरद्वाराबाट गरीएको छ । ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारा सहित मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । 
भ्रमण वर्षको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रलाई प्रदेश सरकारले विषेश ध्यान दिएर अघि बढीरहेको बताउँदै सजलै पाटेबाघ देख्न पाईने बर्दियालाई अन्तराष्ट्रिय रुपमा चिनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।  नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर बाँके राष्ट्रिय निकुञ्जले बुधवार देखी जंगल सफारी शुरु गरेको  छ ।  निकुञ्ज अवलोकनका लागि आउन पर्यटकलाई लक्षित गरी जंगल सफारीका साथै हात्ती सफारी खुला गरिएको हो । नेपाल भ्रमण बर्षको अवसर पारेर प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेलले बुधबार जंगल सफारीका साथै हात्ती सफारीको औपचारीक उद्घाटन गरेका छन ।
मूख्यमन्त्री पोख्रेलले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भ्रमण बर्ष मनाउदै गरेको अवसरमा नेपालीहरुको समृद्ध राष्ट्र, सुखी नेपाली गर्ने अभियानमा भ्रमण बर्ष २०२० सार्थक हुने बिश्वास ब्यक्त गरे । उनले नेपालमा आउने तेश्रो मूलुकका पर्यटकहरुको संख्यालाई दोब्बर गर्ने नीति अन्तरगत नेपाल भ्रमण बर्षको आयोजना गरिएको स्पष्ट पार्दै नेपालका पर्यटन पर्यटन क्षेत्रको बिकासमा भ्रमण बर्ष कोशेढुंगा साबित हुने बताए । भारतीय सीमासँग जोडिएकाले भारतीय पर्यटक बढाउन सकिने अत्याधिक सम्भावन रहेको मुख्यमन्त्री पोख्रेलको भनाई छ । भारतीय पर्यटकको आगमन बढेसंगै आन्तरिकका साथै बाह्य पर्यटकलाई आर्कर्षित गर्न निकुञ्जले जंगल सफारीका साथै हात्ती सफारी शुरु गरेको जनाएको छ ।
जंगल सफारीका साथै हात्ती सफारीवाट पवर्यटक आर्कर्षित हुने भएकोले बाँके जिल्लालाई पर्यटक पदमार्गको रुपमा विकास गरेर पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने निकुञ्जका वार्डेन प्रमोद भट्टराईले बताए । कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२०, प्रदेश नं ५ का सदस्य भाष्कर काफ्लेले बाँके राष्ट्रिय निकुञ्जमा मूख्यमन्त्रीकै उपस्थितिमा जंगल सफारीको बिधिवत रुपमा उद्घाटन गरिएको बताउदै नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक ल्याउने गरि राज्यले बनाएको योजना अनुसार बाँकेका निजि क्षेत्रका होटल तथा रेष्टूरेण्ट ब्यबसायीहरु अत्यन्तै उत्साहित भएको बताए । पछिल्लो समय बाँकेमा बाघको संख्या बढ्दै गएको सन्दर्भमा हात्ती सफारी र जंगल सफारी शुरु हुनुले पर्यटक आर्कर्षित हुने सम्भावना बढेको छ । निकुञ्जले अवलोकनमा आउने पर्यटकका लागि सफारी सेवा संचालन गरेपछि सजिलै बाघको अवलोकन गर्न पाईने नेपाल भ्रमण बर्ष प्रदेश नम्वर ५ का सदस्य कृष्ण चौधरीको भनाई छ ।
‘स्वदेशी तथा बिदेशी पर्यटकलाई आकर्षण गर्ने जंगल सफारी र हात्ती सफारी फलदायी हुनेछन’ उनले भने ।नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बाँकेमा पछिल्लो समय बाँघको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । बाघ लगायत बन्यजन्तु हेर्न आउने पर्यटकलाई जंगल सफारी, होमस्टे, जंगल पद यात्रा, हात्ति सफारीलगायत प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएपछि पर्यटकिय गन्तब्यको रुपमा विकास हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्