Logo

दक्ष कामदारलाई रोजगार बनाउन ‘अरबान्स नेपाल’ एप

दक्ष कामदारलाई रोजगारीको अवसर सिर्जना गर्न नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । ‘अरबान्स नेपाल’ सार्वजनिक गरिएको यो नेपालको पहिलो लोकल होम सर्भिस एप रहेको दाबी गरिएको छ ।
दैनिक जिवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर समाधान गर्न एप सार्वजनिक गरिएको हो । ‘अरबान्स नेपाल’ एप डाउनलोड गरि उपभोक्ताले आफूलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार बोलाउन मिल्नेछ । सहुलियत दरमा १५ दिनको ग्यारेन्टिका साथ सेवा सुविधा उपलब्ध गराउने प्रतिवद्धता संचालकको छ ।
अरबान्स नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउँछु भन्ने नाराका साथ आफूहरुले यो एप ल्याइएको बताए । “दैनिक १२०० भन्दा बढि युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ, जसमध्ये ७० भन्दा बढि नेपाली रातो वाकसमा मृतकको रुपमा फर्कन्छन्,” उनले भने, “जब हाम्रै देशमा चाहिने सुविधाको माग छ भनेर सिटिइभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने किन स्वदेशमै रोजगारको प्लेटफर्म नबनाउने भनेर एप ल्याएका हौं ।”
परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा पसिना बगाउने र ज्यान जोखिममा हाल्नु भन्दा यस्ता प्लेटफर्मको प्रयोग गरेर शीप सिकेर नेपालमै स्वरोजगार हुन उनले युवाहरुलाई आह्वान गरे । टुटल जस्तै सजिलै सेवा लिने गरि एप विकास गरिएको उनले बताए । अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई सेवा लिन उनले उपभोक्तालाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्