एनएमबी बैंकको बलुनिङ एन्ड रिभर्स बलुनिङ घर कर्जा सुविधा

एनएमबी बैंकले आफ्नो घर कर्जा सुविधाअन्तर्गत एक नयाँ एनएमबि बलुनिङ एन्ड रिभर्स बलुनिङ योजना सुरु गरेको छ । एनएमबी बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरूले यस नयाँ योजनाअन्तर्गत अब आफ्नो आवश्यकताअनुसार सम–मासिक किस्ता (ईएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् ।
बलुनिङ सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानी गर्नलाई छनोट गर्ने अवसर प्रदान गर्छ जसमा तिर्नुपर्ने किस्ताको केही अंश सममासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रूपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा दिइन्छ । अर्को, वैकल्पिक रिभर्स बलुनिङ सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानीमा छनौट गर्ने मौका दिन्छ जस अनुसार ग्राहकको रोजाई र आवश्यकताबमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लान सकिनेछ ।
“यस हितकर योजनाले ग्राहकहरूलाई उनीहरूको सुविधा र प्राथमिकतामा आाधरित रहेर कर्जा पुनःभुक्तानीमा सहजता दिलाउने उद्देश्य लिएको छ । हामी विश्वस्त छौं कि यी नयाँ योजनाहरूले बैंकद्वारा उपलब्ध गराइएको विद्यमान घर कर्जा सुविधामा ग्राहकहरूका लागि थप सुविधा प्रदान गर्नेछ ।” बैंकद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
एनएमबीले हाल १ सय ६३ वटा शाखा, १ सय २८ एटीएम र ५ वटा एक्स्टेन्सन काउन्टरहरूको बृहत्तर सञ्जालमार्फत देशभर सेवा प्रदान गर्दै आइरहेको छ ।