चिसो बढेपछि सीमा प्रहरी चौकी बेंसी झारियो

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामारोगं गाउँपालका वडा नं २ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा रहेका प्रहरीलाई बेंसीतिर झारिएको छ । नेपाल र चीनको सीमा नाकाबाट अवैध व्यापार नहोस् भन्ने उद्देश्यले राखिएको प्रहरी चौकी चिसो अत्यधिक बढ्काले वडा नं ६ पुलुमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
बेसी झरेका प्रहरी गर्मी सिजन सुरु भएपछि यार्सागुम्बा टिप्ने समय वैशाख–जेठ महिनामा मात्र सीमा प्रहरी चौकी मुगुमा जाने गरेका छन् ।
मुगुमकामरोगं गाउँपालिकाको माथिल्लो क्षेत्रमा अत्यन्तै चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा ६ महिना बेंसी झर्ने र गर्मीमा ६ महिना सिमा चौकीतिर जाने गरेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । चिसोका कारण करान भेगको माथिल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीय पनि बेसी झर्न शुरु गरेका छन् ।