Logo

आगामी वर्ष ह्वावेको ओएसजडित ग्याजेट

अमेरिकासँगको द्वन्द्व समाधानमा अल्झलहरु आइरहँदा चिनियाँ टेक कम्पनी ह्वावेले आगामी वर्ष आफ्नै अपरेटिङ सिस्टम ‘हारमोनी’ प्रयोगमा ल्याउने भएको छ ।
कम्पनीले यसअघि घोषणा गरिसकेको अपरेटिङ सिस्टमलाई पछिल्लो स्मार्टफोन सिरिज मेट ३० सिरिजमा भने ल्याएको थिएन । कम्पनीले ९ महिनाभित्र स्मार्टफोनको लागि आफ्नै अपरेटिङ सिस्टम विश्व बजारमा ल्याउने तयारी गरेकोगुगलको उपाध्यक्षलाई उद्धृत गर्दै फाइनान्सिल टाइम्सले सार्वजनिक गरेको समाचारमा उल्लेख छ ।
अमेरिकी सरकारको निर्देशनमा गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएपछि कम्पनीले आफ्नै अपरेटिङ सिस्टम बनाउन थालेको हो । कम्पनीले गत अगस्टमा हार्मोनी नामक आफ्नै अपरेटिङ सिस्टम घोषणा गरेको थियो । तर सो अपरेटिङ सिस्टम घोषणा गरिएपछि विश्वबजारमा ल्याएको मेट ३० सिरिजमा भने प्रयोग गरेन ।
अमेरिकाले कालोसूचीमा राखेसँगै ह्वावेलाई गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो ।अमेरिकी सरकारले कालोसूचीबाट नहटाएसम्म हुवावले गुगललको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नपाउने मात्रै होइन, अमेरिकी कम्पनीहरुसँग व्यावसायिक सम्बन्ध राख्नबाट उसलाई वञ्चित गरिएको छ ।हुवावेले भने अमेरिकी सरकारले कालोसूचीबाट हटाउने र भविष्यमा पनि आफ्नो स्मार्टफोनमा एन्ड्रोइड प्रयोग गर्न पाउने विश्वास व्यक्त गरेको छ । तर विगत चार महिनायता ह्वावेले एन्ड्रोइडमा आधारित स्मार्टफोन सार्वजनिक गर्न पाएको छैन ।

ह्वावेको इएमयुआइ १० अपडेट
ह्वावे पी ३० र हुवावेइ पी ३० प्रोले अब इएमयुआई १० अपडेट पाउने भएका छन् । एन्ड्रोइड १० ओएसमा आधारित इएमयुआइ १०हाललाई चीनका उपभोक्ताका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । केही दिनपछि ह्वावेइले चीन बाहिरका उपभोक्तालाई पनि यो अपडेट उपलब्ध गराउने जनाएको छ । ह्वावेको यो सफ्टवेयर अपडेटले हाइकारमा पनि प्रयोग गरिन्छ । १२० मोडलका कारमा यो एप प्रयोग गरिन्छ ।ह्वावे पी ३०र ह्वावे पी ३० प्रोले अन्य डिभाइसलाई नियन्त्रण गर्न सक्ने भएको छ । ड्रोन, टेलिभिजन, स्मार्टवाच र अन्य डिभाइसलाई ह्वावेको यो अपडेट गरिएको अपरेटिङ सिस्टमले काम गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्