प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण «

प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण

धनगढी- सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले पदभार ग्रहण गरेकी छन् । बुधबार साँझ धनगढी पुगेकी पन्तले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । उनको स्वागतमा नेपाली सेनाले सलामी दिएको थियो भने प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत मन्त्री, सांसद् र कर्मचारीहरूको स्वागत गरेका थिए ।
पदभार ग्रहणपछि प्रदेश प्रमुख पन्तले नेपालको संविधानमा रहेर आफ्नो जिम्मेवारी निष्ठापूर्वक पुरा गर्ने बताइन् । सुदूरपश्चिम प्रदेश प्रमुख भएर आउनु पर्दा आफूलाई निकै खुशी लागेको बताउँदै उनले प्रदेशवासी सबैका साथ र सहयोगको अपेक्षा समेत गरेको बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सोमबार सातै प्रदेशका प्रमुखहरूलाई नियुक्त गरी मंगलबार सपथ ग्रहण गराएकी थिइन् । उनले यसअघिका सातै प्रदेशका प्रमुखहरूलाई सरकारको सिफारिसमा आइतबार पदमुक्त गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्