Logo

कर प्रणाली सवलीकरणमा सहयोग गर्ने प्रतिवद्धता

अर्थमन्त्री डा. युवराव खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाग इंग उल्स्टाइनबीच शिष्ट्राचार भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा नर्भेजियन विकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल्ड (एमडीजी) प्राप्त गरेको भन्दै सरकारलाई धन्यवाद दिए ।
उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले एफ.डी.आई. परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरे । उनले कर प्रणालीलाई सवलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न प्रतिवद्धतासमेत जनाए । पि.एल.जी.एस.पी.सञ्चालन गर्नको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गर्दा निकै खुशी लागेका उनले बताए ।
अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे । खतिवडाले संघ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको स्पष्ट समेत पारे । एफ.डी.आई. परिचालनमा दोस्रो चरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षण्देखि विद्युत आयातलाई शून्यतामा झार्ने प्रयास भइरहेको बताए ।
उनले संघीय प्रणालीलाई व्यवस्थापन गर्दै संघीयतामा विकास र कर प्रणालीलाई सन्तुलन गर्दै व्यवहारिक रुपमै नागरिकलाई सेवा दिने गरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति लिएको स्पष्ट पारे ।
एडिबी र नर्वेजियन सरकारबीच उर्जा क्षेत्रमा सहवित्तीयकरणका लागि एमओयूमा सम्झौता भयो । अब, एडिबी र नेपाल सरकारले एमओयूमा हस्ताक्षर गर्ने छ । प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबीच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । एक सय मिलियन डलर मध्ये २० मिलियन डलर नर्वे सरकारको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेजियन राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्