Logo

एन्फाका उपाध्यक्ष पक्राउ

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ ।

लामालाई काठमाडौंबाट बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए ।

प्रतिक्रिया दिनुहोस्