पेट्रोलियम पदार्थको मूल्य बढ्यो «

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले  निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगम प्रवक्ता वीरेन्द्र गोइतले हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी दिए । पेट्रोल प्रतिलिटरमा २ रुपैयाँ, डिजेल÷मटीतेल प्रतिलिट १ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिए । 
नयाँ मूल्यअनुसार अव पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ, डिजेल÷मटीतेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ ।  हवाई इन्धनमा भने मूल्य बढेको छैन । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले बुधबार पठाएको नयाँ सूचिमा सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आइओसीले प्रत्येक महिनाको १ र  १६ तारिखमा नयाँ मूल्य बढाउने गर्छ  । सोहीअनुसार निगमले मूल्य समायोजन गरेको हो ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य इन्धनको मूल्य  बढ्दै गए पनि निगमले दुई महिनायता मूल्य समायोजन गरेको थिएन ।  मूल्य समायोजन नगर्दा घाटा बढ्दै जाने हुँदा समायोजन गरिएको प्रवक्ता गोइतको भनाइ छ ।  आइओसीले  बुधबार पठाएको मूल्यमा पेट्रोल प्रतिलिटरमा ४ रुपैयाँ ७५ पैसा, डिजेल २ रुपैयाँ ९ पैसा र ग्यासमा प्रतिसिलिण्डर ९१ रुपैयाँ ९७ पैसा बढेर आएको थियो । मूल्य समायोजनपछि निगमको नाफा घटेर १ करोड ९७ लाखमा झरेको छ । 
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ छ भने डिजेलमा ७५पैसा घाटा छ । यस्तै, मटीतेलमा १६ रुपैयाँ नाफा र ग्यासमा २ सय १५ रुपैयाँ  घाटा पुगेको छ । निगमलाई सबैभन्दा धेरै घाटा ग्यासमा छ । भारतमै ग्यासको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यसअघि मूल्य बढेर आएपनि चाडपर्वलाई लक्षित गरेर निगमले मूल्य सामायोजन गरेको थिएन । 
अन्तराष्ट्रिय बजारमा सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार  इन्धनको मूल्य बढ्दै गए पनि निगमले दुई महिनायता मूल्य समायोजन गरेको थिए ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपनि सोहीअनुसार स्थानीय बजारमा समायोजन नगर्दा निगमले लामो समयदेखि नाफा कमाउँदै आएको  थियो । अहिले आएर नाफा १ करोडमा झरेको छ ।  स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि सोहीअनुरूप समायोजन नगर्दा निगमलाई घाटा भएको हो । 
निगमले २०७२ सालमा स्वचालित मूल्य लागु गरे पनि पूर्णरूपमा कार्यान्वयनमा आएको छैन । स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउनुपर्ने हुन्छ । तर, निगमले पूर्णरूपमा स्वचालित मूल्य लागू गर्न भने सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्