सस्तो मूल्यमा केएल मोबाइल हबमा मोबाइल किन्न पाइने «

सस्तो मूल्यमा केएल मोबाइल हबमा मोबाइल किन्न पाइने

नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाडौंको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने जनाएको छ ।
फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भइरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । “हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइलहबले लिएको छ,” ग्लाइडरले भने । मेलामा मोबाइल किन्नेहरूको चाप बढेपछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागी गराउने लक्ष्य मोबाइल हबले लिएको पनि उनले बताए । सस्तोमा मोबाइल किने पछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्ने भन्दै उनले मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको बताए । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्टे्स्टमा फोटो खिचाएर पनि मोबाइलजित्न सक्ने अफरहरू पनि छन् ।

 

प्रतिक्रिया दिनुहोस्