विश्वकै पातलो ‘मी टिभी ४’ भारतमा

नयाँ दिल्ली । चिनियाँ कम्पनी साओमीले ५५ इन्चको स्मार्ट एलइडी टेलिभिजन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको मी टिभी ४ टेलिभिजनलाई विश्वकै पातलो स्मार्ट टेलिभिजन दाबी गरिएको छ ।
भारतीय बजारबाट सार्वजनिक गरिएको स्मार्ट टेलिभिजन फोर के एचडिआर स्क्रीनको छ । टेलिभिजनको पातलापन ४.९ मिलीमिटर छ, यो आइफोन एक्स भन्दा पनि पातलो हो भने २० किलो भन्दा पनि कम तौल रहेको यो टेलिभिजन डल्बी साउन्ड जडित छ । भारु ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ यसको मूल्य । मी टिभी ४ को कारोबार आउँदो फेब्रुअरी २२ तारिकाबाट तय गरिएको छ । साओमीले पछिल्लो समयमा भारतलाई प्राथमिकतामा राखेर उत्पादनहरु सार्वजनिक गर्दै आएको छ ।
चीनको बजारमा ४९ इन्च, ५५ इन्च र ६५ इन्च भर्सनमा उपलब्ध यो टेलिभिजन भारतीय बजारमा भने तत्काल ५५ इन्चको भर्सन मात्र किन्न पाइने भएको छ । नेपालमा पनि साओमीका उत्पादन आधिकारिक रुपमा आयात तथा बिक्री भएकाले स्मार्ट टेलिभिजन पनि छिटै नै उपलब्ध हुन सक्नेछ । डिस्प्ले, मदरबोर्ड र अडियो प्रविधिसमेतलाई अपग्रेट गर्दै जाने सुविधा टेलिभिजनमा छ । कम्पनीले सस्तोमा राम्रो उत्पादनको रुपमा भारतीय बजारमा इन्ट्री गरेको हो । टेलिभिजनको अन्य विशेषताहरुमा १.८ गिगाहर्जको क्वाडकोर एमलोजिक टी ९६८ कोर्टेकस ए ५३ प्रोसेसर, डिडिआिर फोर २ जीबी ¥याम, ८ जीबी स्टोरेज, ४.० ब्लुटुथ, तीन वटा एचडिएमआइ २.० पोर्ट, एक युएसबी २.० पोर्ट, एक इथरनेट पोर्ट, एभी एनालक अडियो आउट पोटर््स आदि रहनु हो ।