गुगल ओएसको नयाँ भर्सन ‘एन्ड्रोइड पी’ «

गुगल ओएसको नयाँ भर्सन ‘एन्ड्रोइड पी’

 गुगलले अपरेटिङ सिस्टमको नयाँ भर्सन एन्ड्रोइडको नयाँ भर्सन ल्याउने भएको छ । हाल एन्ड्रोइड भर्सन ८ अर्थात् ओरियो चलिरहेको छ भने गुगलले एन्ड्रोइडको नवौं भर्सनको नाम पिस्ताचियो आइसक्रिमको नामबाट ‘एन्ड्रोइड पी’ नामाकरण गरेको छ ।
विश्वका ८५ प्रतिशतभन्दा बढी स्मार्टफोन र अन्य ग्याजेटमा गुगलकै अपरेटिङ सिस्टम चलिरहेको छ । गुगलको प्रतिस्पर्धामा एप्पलको आइओएस साढे १४ प्रतिशत रहेको छ भने अन्यको हिस्सा नगन्य छ । गुगलले आफ्नो अपरेटिङ सिस्टमको नाम अल्फाबेटिकल अर्डरमा मिलाउँदै आएको छ भने यस पटक पनि सोहीअनुसार नै आइसिक्रमको नाम राखिएको छ । सुरुको अपरेटिङ सिस्टम अर्थात् पहिलो भर्सनकोको नाम अंग्रेजी अल्फाबेटको ‘डी’ बाट डुनट राखिएको थियो भने दोस्रो हुँदै हालसम्म आइपुग्दासम्म इक्लेयर, फोर्यो, जिंजरब्रेड, हनिकम्ब, आइसक्रिम स्यान्डविच, जेलीविन, किटक्याट, लपिलप, मार्सल्लो, नुगट हुँदै ओरियो (भर्सन ८) राखि सकेको छ ।
हालको अपरेटिङ सिस्टमको फिचरमा व्यापक हेरफेर गरेर कम्पनीले नयाँ अपरेटिङ सिस्टम ल्याउन थालेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा आउन थालेका छन् । गुगलले कहिले यो सार्वजनिक गर्छ भन्ने आधिकारिक घोषणा गरेको त छैन तर यो वर्षको मे महिनामा आयोजना हुने गुगलको वृहत् कार्यक्रमका बीच सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । “पिस्ताचियो आइसक्रिम मन पराउनुहोस् वा नपराउनुस्, तपाईंको फोनमा भने छिटै आउँदैछ,” बेलायतको प्रविधि साइट टेकएडभाइजरले लेखेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयमा यससम्बन्धि हल्ला र तथ्य दुबैखाले सूचनाहरूमा आधारित खबरहरूले एन्ड्रोइड पीको चर्चा गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नयाँ अपरेटिङ सिस्टम गुगलका प्रणालीहरूलाई सहजै चलाउने खालको हुनेछ भने ब्याट्रिको बचतका साथ नयाँ डिजाइनमा उपलब्ध हुनेछ । एन्ड्रोइड पी मा मल्टिपल स्क्रीन हुने सक्ने अनुमान पनि गरिएको छ । यसको लुक्स आइफोन एक्सका उपभोक्तालाई पनि मन पर्ने खालको हुने खबर पनि आइरहेका छन् । नयाँ एन्ड्रोइडमा गुगल एपहरू गुगल एसिस्टेन्टको सहायताले चल्ने हुनेछन् । गुगलले आधिकारिक रुपमा यसको विशेषताका बारेमा भने सार्वजनिक हुने दिनमा नै खुलासा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्