सरकारले रंगभेदी विभेद गर्यो: सिके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् । आज (सोमबार) माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए ।
उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए । उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए ।
उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए । सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्नमिल्छ ? भन्दै प्रश्न गरे ।