Logo

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई राहत

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले हमासद्वारा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँ राहत दिएको छ । इजरायलमा कृषि अध्ययन गर्न गएका सुदूरपश्चिमका ७ जना विद्यार्थी हमासको आक्रमणमा मृत्यु भएको थियो । ती विद्यार्थीको परिवारलाई राहत दिने घोषणा गरेको प्रदेश सरकारले मंगलबार टीकापुरमा प्रतिविद्यार्थी दुई लाख रुपैयाँका दरले राहत वितरण गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नेपालका लागि इजरायलका राजदूतको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले राहत रकम मृतक विद्यार्थीका परिवारलाई हस्तान्तरण गरेका थिए । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक कृषि क्याम्पस टीकापुरमा अध्ययनरत १० जना विद्यार्थी हमासको आक्रमणमा मारिएका थिए । यस्तैकञ्चनपुरका विपिन जोशीलाई हमासले बन्दक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्