Logo

रारामा पर्यटक बढे, बासमा समस्या

मुगु- पर्यटकीय गन्तव्यको रूपमा रहेको रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । पर्यटकको घुइँचोे लागेपछि खाना र बास बस्नको लागी भने समस्या सुरु भएको छ ।

साउन महिना लगत्तै रारा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकले खाना, नास्ता र बास बस्नको लागी रारा तालको किनारमा रहेको गेष्ट हाउसमा कोठा पाउन सकस हुने गरेको बताए । रारा किनारभन्दा बाहिर माझघट्, सल्यारी, लामाचौर, ताल्चा एयरपोट, रिगधारा, ढुटुमा धेरै होटलहरु भए पनि पर्यटकहरू सधैजस्तो आउने हुँदा पर्यटकको भीडभाड लाग्ने गर्छ ।

रारा घुम्न आउँदा बाटोको दुख भुलिएपनि रारा पुगेपछि सबैभन्दा जटिल समस्याको रूपमा खान र बस्न समस्या रहेको पर्यटकहरुले बताएका छन् । कर्णाली प्रदेश र स्थानीय सरकारले सडकको विकासमा ध्यान दिनुपर्ने आन्तरिक पर्यटक शुदसन गौतम बताउँछन् । हिजो आज रारामा दैनिक ६० देखी १५० भन्दा बढी पर्यटक आउने गरेका छन् ।

मौसमको कारण चिसो बढीरहेको हुँदा थप पर्यटकहरुलाई समस्या भएको स्थानीय घोडा चालकले जक्त बहादुर रावलले बताए । गर्त वर्षभन्दा यो वर्ष साउन महिनायता पर्यटकहरु बढेका छन । विशेष गरी दशैं तिहारको समयमा दैनिक १५० भन्दा बढी पर्यटकहरु डाँफे गेस्ट हाउसमा मात्र आउने गर्छ ।

रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले रारा र आसपासमा रहेका होटलहरुसँग सम्र्पक गरेर मात्र आउँदा राम्रो हुने होटल व्यवसायीहरु बताउँछन् । पछिल्लो समय धेरै पर्यटकहरु बिना सम्पर्कमा रारा घुम्न आउने भएको हुँदा मिलाएर व्यवस्था गरे पनि खाना, नास्ता, बास बस्नको लागी दुख पाउने गरेको डाँफे होटलका सञ्चालक शौलेन्द्र बलमले बताए ।

प्रतिक्रिया दिनुहोस्