Logo

ग्लोबल आइएमईको नारी बचतमा तीज विशेष छुट

ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिकातीजलाई लक्षितगर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको जनाएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा उपलब्ध हुनेछ भन्दै बैकले इन्टरनेट बैंकिङ्ग, एबीबीएस, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको पनि जनाएको छ । त्यस्तै योजनाअन्तर्गत नारी बचत खाता भएका ग्राहकले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने पनि बैंकले जनाएको छ । बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा घोषणा गरेको यस योजना एक महिनाको लागि लागू रहने पनि बैकले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्